काठमाडौँ

गत चुनावमा अन्तरघात गरिएको भन्दै कांग्रेस केन्द्रिय कार्यालयमा परेका ५ सय भन्दा बढी उजुरी थन्किएका छन् । "/>

कांग्रेसमा अन्तरघात गरिएको सम्बन्धका ५ सय उजुरी अलपत्र

कांग्रेसमा अन्तरघात गरिएको सम्बन्धका ५ सय उजुरी अलपत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

गत चुनावमा अन्तरघात गरिएको भन्दै कांग्रेस केन्द्रिय कार्यालयमा परेका ५ सय भन्दा बढी उजुरी थन्किएका छन् । तीन तहका निर्वाचनमा आन्तरिक असहयोग गर्ने माथी कारवाही गर्न कांग्रेसले अनुशासन समिति बनाएर प्रक्रिया शुरु गरेको थियो ।

समितिका संयोजक रमेश रिजालले बैशाख अन्तिम साता सभापति शेरबहादुर देउवालाई राजिनामा बुझाएपछि गुनासाका पोका खुलेनन् । पार्टी केन्द्रीय सदस्य समेत रहेका रिजालले आफूले सबै जिल्लावाट आएका उजुरीहरु र ती सँग सोधिएको स्पष्टीकरणका फाइल बनाएर केन्द्रिय कार्यालयमा राखिदिएको बताए । स्रोतका अनुसार कारबाही सिफारिस गर्दा धेरैको ‘आँखाको तारो’ हुने भएकाले उनी पन्छिएका हुन् ।

देउवाले अरु कसैलाई त्यो पुनः जिम्मा लगाउन पनि सकेका छैनन् । दुई नम्बर प्रदेशमा स्थानिय तहको निर्वाचन लगत्तै कांग्रेस पदाधिकारी बैठकले व्यापक अन्तरघात भएको भनी अनुशासन समिती बनाएको थियो । देउवाले आफू निकटका केन्द्रीय सदस्य रिजाललाई त्यसको नेतृत्व दिएका थिए । त्यसका सदस्यमा उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्रराज पाण्डे र हृदयराम थामी थिए ।

मंसीरमा भएको प्रदेशसभा र प्रतिनिधी सभाको निर्वाचनमा काँग्रेस स्थानिय तह भन्दा कमजोर देखियो । यसमा अन्तरघातलाई नै मुख्य दोष दिइयो । समितीले सबै जिल्लाका गाउँ देखि वडा सम्म पार्टीका उम्मेदवारलाई असहयोग गर्नेहरु विरुद्ध उजुरी संकलन अभियानै चलायो ।

कांग्रेस स्रोतका अनुसार चैत मसान्त सम्म समितिमा झण्डै ५ सय उजुरी परे । समितिले पहिलो चरणमा ३ सय भन्दा वढीलाई स्पष्टीकरण सोधेको थियो । त्यही क्रममा संयोजक रिजालले समिती छाडेपछि सम्पूर्ण प्रक्रिया अबरुद्ध भयो । कांग्रेसको अनुशासन समितीले निर्वाचनमा हुने अन्तर्घातमा कारवाही गर्ने हैसियत राख्छ । सभापति देउवा र शिर्ष नेताहरुले अन्तरघातीलाई कारवाही गरेरै छाड्ने घोषणा गरेका थिए ।
अन्नपूर्णबाट

Logo