काठमाडौँ

चौथोपटक नेपाल भ्रमणमा आउन लागेका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको यस पटक गर्ने भनिएको लुम्बिनी र पोखराको भ्रमण सुरक्षाको कारण देखाउँदै स्थगित भएको छ । "/>

नरेन्द्र मोदीको लुम्बिनी र पोखराको भ्रमण स्थगित : यस्तो छ कारण

नरेन्द्र मोदीको लुम्बिनी र पोखराको भ्रमण स्थगित : यस्तो छ कारण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

चौथोपटक नेपाल भ्रमणमा आउन लागेका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको यस पटक गर्ने भनिएको लुम्बिनी र पोखराको भ्रमण सुरक्षाको कारण देखाउँदै स्थगित भएको छ । यहि भदौ १४ र १५ गते आयोजना हुन लागेको बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेका हुन् ।

सम्मेलनको क्रममा यहाँ विभिन्न आयोजनाको उद्घाटन गर्ने कार्यक्रमका साथै लुम्बिनी र पोखराको भ्रमण पनि गर्ने कार्यक्रम तय गरिएको थियो । भारतीय दूतावास र नेपाल सरकार त्यसको तयारीमा थिए । तर अहिले लुम्बनी र पोखराको भ्रमण रद्द गरिएको छ । यसअघि पनि लुम्बिनी र पोखराको भ्रमण गर्ने मोदीको तयारी पटक पटक गरि विभिन्न कारणले स्थगित हुँदै आएको थियो । सुरक्षाको कारण लुम्बिनी र पोखराको भ्रमण स्थगित गरिएको दूतावासले जनाएको छ ।

‘बिमस्टेक सम्मेलनमा ६ वटा मुलुकका प्रतिनिधिहरु आउँदैछन् । कार्यक्रमको आयोजक नेपालले सबैलाई सुरक्षा दिनु पर्ने हुन्छ । यहि क्रममा मोदी पनि नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री भएपछि उनको यो चौथो नेपाल भ्रमण हो । पछिल्लो पटक उनी गएको बैशाखमा नेपाल आएका थिए ।

Logo