काठमाडौं

हिजोको मन्त्री परिषदको निर्णयबाट बर्खास्तीमा परेकी नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी न्यायका लागि अदालत जाने भएकी छिन् । "/>

न्यायका लागि अदालत जाने कामिनीको उद्घोष

न्यायका लागि अदालत जाने कामिनीको उद्घोष

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

हिजोको मन्त्री परिषदको निर्णयबाट बर्खास्तीमा परेकी नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी न्यायका लागि अदालत जाने भएकी छिन् । मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयले आफू अन्यायमा परेको भन्दै न्यायका लागि अदालत जाने राजभण्डारीले बताएकी छिन् ।

उनले आफूले काम गर्दा गर्दै पनि समय नपुग्दै पदबाट निकालिएको भन्दै अदालतमा रिट दायर गर्ने बताएकी हुन् । उनलाई २०७३ असोज ६ गते तीन वर्षका लागि टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरिएको थियो ।

नियुक्त भएको २ वर्ष नपुग्दै सरकारले उनलाई हटाएको छ । सरकाले उनको कार्यसम्पादनमा औंला ठ्याउँदै पदबाट हटाउने निर्णय गरेको हो । सरकारले गरेको निर्णयलाई मानेर पत्रहात परेसँगै पदबाट बाहिर आफ्नो न्यायका लागि भने अदालतमा रिट दायर गर्ने राजभण्डारीले बताएकी छन् । अहिलेसम्म उनलाई पत्र भने आइसकेको छैन ।

Logo