काठमाडौँ

गएराती परेको अविरल वर्षाले उपत्यकाका बागमती, विष्णुमती, धोविखोला, रुद्रमती लगायत नदीमा बाढी आएपछि नदी किनाराका विभिन्न बस्ती डुबानमा परेका छन् । "/>

गएरातीको अविरल वर्षाले उपत्यकाका नदी आसपासका बस्ती डुबानमा

गएरातीको अविरल वर्षाले उपत्यकाका नदी आसपासका बस्ती डुबानमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

गएराती परेको अविरल वर्षाले उपत्यकाका बागमती, विष्णुमती, धोविखोला, रुद्रमती लगायत नदीमा बाढी आएपछि नदी किनाराका विभिन्न बस्ती डुबानमा परेका छन् ।

बाढीका कारण काठमाडौंको बानेश्वर, बुढानिलकण्ड, कालोपुल, अनामनगर, सुन्दरीजल आसपासको क्षेत्र डुबानमा परेको हो । मंगलबार रातिको भीषण वर्षाका कारण बाग्मती नदीमा आएको बाढीले काठमाडौंको तीनकुनेको नदी किनार क्षेत्र डुबानमा परेको छ । बाढीका कारण तीनकुनेको सुकुम्बासी क्षेत्रका ३०० घर डुबानमा परेको तीनकुने प्रहरी वृत्तले जानकारी दिएको छ । 

राति १ बजे देखि बाढी पसेपछि नदी किनारका बासिन्दा प्रभावित भएका छन् । उनीहरु रातभर जाग्राम बसेको बताइएको छ । सुन्दरीजलमा एउटा कुखुरा फर्म डुबाउँदा २ सय कुखुरा मरेको प्रहरीले जनाएको छ । अन्य ठाउँको क्षतिको विवरण संकलन भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo