काठमाडौं

सूर्यविनायक र लोकन्थलीमा आज बिहानै फेला परेको प्रेसर ककुर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले भर्खरै निष्क्रिय पारेको छ । "/>

सूर्यविनायकको प्रेसर ककुर बम निष्क्रिय

सूर्यविनायकको प्रेसर ककुर बम निष्क्रिय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सूर्यविनायक र लोकन्थलीमा आज बिहानै फेला परेको प्रेसर ककुर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए । उनले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताए । यता काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सतुंगलमा पनि शंकास्पद वस्तु भेटिएको छ । सतुंगलमा रहेको सिप्रदी ट्रेडिङ नजिकै शंकास्पद वस्तु भेटिएको हो । 

यस्तै पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकमा आज बिहानै आगजनी गरिएको छ । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बन्दको आह्वान गरेको छ । बन्दको प्रभावले राजधानीमा आंशिक रुपमा बसहरु चले पनि बाहिर जाने लामो दुरीका सवारीसाधनहरु चल्न सकेका छैनन् । बजार पनि कम मात्रामा खुलेका छन् भने अधिकांश विद्यालयहरु बन्द गरिएका छन् । 

देशका विभिन्न ठाउँमा सार्वजनिक स्थानमा बम राखेको खबर आएको छ । ललितपुरका तीन ठाउँमा नक्कली बम भेटिएको छ । लगनखेलको बटुकभैरव, रिङ रोडस्थित ताल्छिखेल र ग्वार्कोस्थित गुण सिनेमा नजिकै राखिएका शंकास्पद बस्तु बम नभएको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

बम राखेको र बन्दमा संलग्न भएको भन्दै प्रहरीले गोदावरी नगरपालिकास्थित लेले बस्दै आएका कुमार सिलवाल, चापागाउँ बस्ने चन्द्र परियार र महालक्ष्मी नगरपालिकाको लुभु बस्ने जयराम श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौंको जमलमा प्रेसर कुकर बम राख्न जाँदै गर्दा प्रहरीले विप्लवका दुई कार्यकर्तालाई बम सहित नियन्त्रणमा लिएको छ ।

Logo