काठमाडौं

सर्पको राजा ‘किङ कोब्रा’ (राज गोमन) को आणुवांशिक गुण (डीएनए) परीक्षण शुरु गरिएको छ । "/>

अब किङ कोब्राको पनि डीएनए परिक्षण हुने !

अब किङ कोब्राको पनि डीएनए परिक्षण हुने !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सर्पको राजा ‘किङ कोब्रा’ (राज गोमन) को आणुवांशिक गुण (डीएनए) परीक्षण शुरु गरिएको छ । वंशाणुगत अवस्थिति, त्यसमा भइरहेको र हुन सक्ने सम्भावित परिवर्तन पत्ता लगाउन डीएनए परीक्षण शुरु गरिएको हो ।

फरक भूगोलमा हुर्के बढेका कोब्राका समानता÷भिन्नता बुझ्न र अन्य वस्तुस्थिति पत्ता लगाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्वीकृतिमा ‘स्नेक कन्जरभेसन सोसाइटी नेपाल’ ले चासो बढाएको हो । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा कोब्राको डीएनए परीक्षण गरिएको हो । यस्तो अध्ययन मुलुकमै पहिलो भएको दाबी गरिएको छ ।

त्यहाँको प्रारम्भिक अध्ययन÷अनुसन्धानले नेपालको तराई र मध्य पहाडी भेगका किङ कोब्राको जिनमा समानता पाइएको छ । ‘पोखरा उपत्यका र पूर्वी तराईका किङ कोब्राको जिनमा पूर्ण समानता पाइएको छ ’, सोसाइटीका अध्यक्ष महेन्द्र कतिलाले भने – ‘अध्ययनको विस्तृत रिपोर्ट केही दिनमा आउँदैछ ।’ उनलाई नर्वेबाट ‘एप्लाइड इकोलोजी’ विषयमा एमफिल अध्ययन गर्नु भएका पूर्ण आलेले सघाइरहनु भएको छ ।

नेपालमा हालसम्म ८० भन्दा बढी प्रजातिका सर्प अभिलेख गरिएको छ, अन्य प्रजाति मध्ये कोब्रा पृथक स्वभावको हुन्छ । पन्छीले झैं झारपात संकलन गरेर भुइँमा गुँड बनाएर बस्छ भने गुँडमै अण्डा कोरल्ने गर्छ । अन्य प्रजातिका सर्प भन्दा लामो र धेरै अण्डा पार्ने भएकाले विज्ञहरु यो प्रजाति अध्ययनबारे चासो लिन्छन् । बेलायतको चिडियाखानामा १८ फिट र नेपालमा १४ फिट सम्मको कोब्रा अभिलेख भएको छ ।

विषालु सर्प, अन्य सरिसृप, मुसा यसका मुख्य आहारा भएकाले पारिस्थितिक प्रणाली सन्तुलनमा राख्न यो सर्पको भूमिका महत्वपूर्ण रहेको विज्ञहरु बताउँछन् । तराईका अतिरिक्त नेपालको ३ हजार मिटरका हाराहारीको भू–भागमा पनि किङ कोब्राको चहल–पहल पाइएको सर्पविद प्राध्यापक करणबहादुर शाहले जानकारी दिए ।
नेपाल समाचारपत्रबाट

Logo