काठमाडौं
गोंगबु–सिनामंगल ‘रुट’मा प्रदूषणमुक्त उच्च प्रविधियुक्त बस सेवा शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र काठमाडौँस्थित एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले संयुक्त रुपमा सोमबार उक्त सेवाको शुभारम्भ गरेका हुन् ।
एशियाली विकास बैंकको दिगो शहरी यातायात परियोजना अन्तर्गत २५ सिटे १७ वटा बसबाट उक्त सेवा शुरु गरिएको छ । पुराना २६ वटा माइक्रोबस र ३५ वटा तीन पाङ्ग्रे ट्याम्पोलाई विस्थापन गरेर उक्त सेवा प्रारम्भ गरिएको जनाएको छ ।
सार्वजनिक–निजी साझेदारीको ढाँचामा परीक्षणका रुपमा थालिएको उक्त परियोजनामा नेपाल सरकारले ७९ करोड र बैंकले झण्डै एक अर्ब २३ करोड लगानी गरेको छ ।
रासस































प्रतिक्रिया