काठमाडौं

प्राकृतिक विपतमा मात्रै प्रत्येक वर्ष कम्तीमा सवा ३ अर्बको धनमाल क्षति हुने गरेको छ । "/>

प्राकृतिक विपतबाट प्रत्येक वर्ष कम्तीमा तीन अर्बको क्षति !

प्राकृतिक विपतबाट प्रत्येक वर्ष कम्तीमा तीन अर्बको क्षति !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्राकृतिक विपतमा मात्रै प्रत्येक वर्ष कम्तीमा सवा ३ अर्बको धनमाल क्षति हुने गरेको छ । गृहमन्त्रालयको तथ्यांक अनुसार प्रत्येक वर्ष सबैभन्दा धेरै बाढी, पहिरो र आगलागीका कारण धनजनको क्षति हुने गर्छ । गत वर्ष मात्रै २ अर्ब ५९ करोड ९१ लाख बराबरको क्षति भएको थियो । यो विपतमा ३३० ले ज्यान गुमाए ।

धनजनको क्षति हुने अर्को कारण अत्यधिक वर्षा र हुरी पनि हो । जसकारण गत वर्ष मात्रै १७ जनाको ज्यान गयो भने ३ करोड ७२ लाख ७७ हजारको क्षति भयो । त्यस्तै चिसोका कारण गत वर्ष १०५ जनाको ज्यान गयो भने ५३ लाख १५ हजार रुपैयाँ मूल्य बराबरको धनमालको क्षति भयो ।

यसवर्ष पनि प्राकृतिक विपत्तीका घटनाहरु दैनिकरुपमै भइरहेका छन् । पछिल्ला चार महिनामा प्राकृतिक विपद्का कारण मात्रै ५ सय २९ जनाको ज्यान गएको छ । झन्डै दुई अर्ब रुपैयाँ बराबरको धनमालको क्षति भएको छ । भारी वर्षा, बाढी, पहिरोका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । चार महिनामा यी ३ कारणले मात्र ज्यान जानेको संख्या ३०० छ । १ अर्ब ९९ करोड १ लाख मूल्य बराबरको धनमालको क्षति भएको छ ।

गृहको तथ्यांक अनुसार ७ वर्षको अवधिमा प्राकृतिक विपतमा १२ हजार ७ सय ६२ ले ज्यान गुमाएका छन् । यो अवधिमा सबैभन्दा धेरै ०७२ मा भूकम्पका कारण क्षति भएको छ । भूकम्पमा मात्रै ८ हजार ९ सय ७० जनाको ज्यान गयो ।
नयाँ पत्रिकाबाट

Logo