काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पिच परिवर्तन माघ देखि प्रारम्भ हुने भएकोले विमानस्थल दैनिक ८ घण्टा बन्द हुने भएको छ । "/>

माघ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १६ घण्टा मात्रै संचालनमा

माघ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १६ घण्टा मात्रै संचालनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पिच परिवर्तन माघ देखि प्रारम्भ हुने भएकोले विमानस्थल दैनिक ८ घण्टा बन्द हुने भएको छ । संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले यो कुरा व्यस्थापिका संसदमा आफ्नो मन्त्रालय अन्तर्गत भएका काम बारेमा जानकारी दिँदै बताएका हुन् ।

पिचको कार्य चार महिनामै सकेर २०७६ जेठबाट २४ घण्टा संचालनमा ल्याउने छौं, उनले भने । सन् १९८० को दशकमा निर्माण भएको रनवे अहिले सम्म विस्तार तथा मर्मत हुन सकेको छैन । रनवेको पिच परिर्वतन प्रक्रिया सुरु भएको झन्डै एक वर्ष भइसकेको छ । तर रनवे सुधारका लागि प्राविधिक रूपमा छनोट भएका कम्पनी बीच प्रतिस्पर्धा हुन सकेको थिएन ।

प्राविधिक रूपमा सक्षम ठहर भएका कम्पनीबीच आर्थिक प्रतिस्पर्धा गराउन तयार गरिएको टेन्डर डकुमेन्टको फाइल प्राधिकरण बोर्डमा रोकिएको छ । रनवेमा सानो समस्या आउँदा २० मिनेट र ठूलो समस्या देखिएको अवस्थामा पौने एक घन्टा सम्म जहाज आकाशमै होल्ड गरेर काम गर्नु पर्ने अवस्था छ ।

रनवे सुधारका लागि पैसा, डिजाइन र प्राविधिक रूपमा सक्षम कम्पनी सबै जुटिसक्दा पनि काम अगाडि बढ्न सकेको थिएन । अन्ततः रनवेको समस्या विकराल बन्दै गएपछि सरकारले विमानस्थल ८ घण्टा बन्द गरेर काम गर्न लागेको हो ।

सन् २०१४ मै स्पेनिस कम्पनी ‘आइसा’ले विमानस्थल रनवे सुधारका लागि डिजाइन तय गरेको थियो । तर सन् २०१५ को भूकम्पपछि विमानस्थलमा देखिएको प्राविधिक समस्यासँगै विमानस्थल कार्यालयले ‘डिजाइन रिभ्यू’का लागि कोरियन योसिन इन्जिनियरिङ कम्पनी छनोट गरेर काम गर्‍यो ।

परामर्शदाताकै रिपोर्टका आधारमा कार्यालयले रनवे सुधारका लागि ग्लोबल टेन्डर गरिएको थियो । टेन्डरमा ११ वटा कम्पनीले काम गर्ने इच्छा देखाए पनि परामर्शदाता र टेन्डर मूल्यांकन कमिटीले चार कम्पनीलाई मात्रै प्राविधिक रूपमा सक्षम भनेर छनोट गरेको थियो ।
अन्नपूर्णबाट

Logo