काठमाडौं

राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेतासँगको भेटमा प्रधानमन्त्री केपी ओलीले मधेसको मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता दोहोर्याएका छन् । "/>

प्रधानमन्त्रीसँग राजपाका नेताहरुको भेटघाट : समसामयिक विषयमा छलफल

प्रधानमन्त्रीसँग राजपाका नेताहरुको भेटघाट : समसामयिक विषयमा छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेतासँगको भेटमा प्रधानमन्त्री केपी ओलीले मधेसको मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता दोहोर्याएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता दोहोर्याएका हुन् । ‘मधेस आन्दोनलका क्रममा तपाईंहरु विरुद्ध लागेको मुद्दा फिर्ता, संविधान संशोधन लगायतका माग पूरा गर्ने तयारी भइरहेको छ’, प्रधानमन्त्रीसँगको भेटपछि उनको भनार्इ उद्धृत गर्दै एक नेताले भने, ‘तपाईहरुबाट सरकारलाई अझै सहयोग र समर्थनको अपेक्षा गरिरहेको छु ।’

राजपाका अध्यक्ष महन्थ ठाकुर, अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्रराय यादव र अनिलकुमार झा बालुवाटार पुगेका थिए । भेटमा सरकार गठनका समयमा भएका तीन बुँंदे सहमति र केही दिन अघि पेश भएको सात बुँदे मागका विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले राजपाका माग सम्बन्धमा सरकार गम्भीर रहेको बताएका छन् ।

भेटमा प्रधानमन्त्री ओली र राजपाका नेताबीच राजनीतिक मुद्दा फिर्ता गर्ने विषयमा समेत छलफल भएको छ । राजपा नेताले कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरी र सामाजिक व्यवस्था राज्यमन्त्री अभिराम शर्मा लगायतका नेताको मुद्दा फिर्ता गर्न माग गरेका छन् । भेटमा विगतमा जस्तै प्रधानमन्त्रीले सबै माग पूरा गर्ने आश्वासन दिएको अनिलकुमार झाले जानकारी दिए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo