स्मार्टफोन र ल्यापटपले अन्धो बनाउला है

स्मार्टफोन र ल्यापटपले अन्धो बनाउला है


स्मार्टफोन लगायत अन्य स्क्रिन भएका डिजिटल डिभाइसवाट निस्कने निलो प्रकाशले आँखालाई अत्याधिक क्षति पुर्‍याउने तथ्य हालै गरिएको एक सर्वेक्षणले देखाएको छ । यो सर्वेक्षणको अनुसार डिजिटल डिभाइसवाट निस्कने निलो प्रकाशले प्रयोगकर्तालाई अन्धो समेत बनाउने गरेको पाईएको छ ।

अनुसन्धानको क्रममा यस्ता डिभाइसवाट निस्कने निलो प्रकाशले आँखाको रेटिनामा रहेको महत्वपूर्ण कोषहरुलाई मार्ने र जसको कारण म्याकुलर डिजरनेशन नामक विमारी हुने गरेको जनाइएको छ ।

म्याकुलर डिजरनेशन आँखाको उपचार नहुने किसिमको समस्या मानिन्छ । पछिल्लो पटक यस्तो किसिमको समस्या मानिसमा बुढ्यौली उमेर बढ्दै गएपछि देखिने गरेको मा अहिले अत्याधिक यस्ता किसिमका डिभाइस चलाउने युवाहरुमा पनि देखिन थालेको छ । यो समस्या भएपछि रेटिनामा रहेको फोटो रिसेप्टरको कोषहरु मर्न थाल्छ र मानिसले देख्ने क्षमता गुमाउदै जान्छन् ।

अमेरिकाको युनिभर्सिटी अफ टोलिडोका साहायक प्रोफेसर अजित करुणारत्नेका अनुसार डिजिटल डिभाइसले फ्याक्ने निलो प्रकाशमा लगातार बस्दा आँखाको कर्निया र लेन्सले परावर्तन गर्न सक्दैन । जसको कारण यो निलो प्रकाशले हाम्रो रेटिनालाई हानी गर्दै जान्छ । जसको कारण मनिसले कम उमेरमै कम देख्न थाल्ने छन् ।
परिक्षणमा यो कुरा थाहा पाएपछि अब बैज्ञानिकहरुलाई यसको उपचार खोज्नका लागि पनि प्रेरित गरेको छ ।

Logo