धरौटी बुझाएर छुटेका सीमान्त गुरूङ फेरि पक्राउ

धरौटी बुझाएर छुटेका सीमान्त गुरूङ फेरि पक्राउ

केन्द्रबिन्दु
0
Shares

ओडिसी नेपालका सञ्चालक सीमान्त गुरूङ फेरि पक्राउ परेका छन् । बलिउड कलाकार सलमान खान नेपाल ल्याउने भन्दै ठगेको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुरूङलाई गत असार २९ गते पक्राउ गरेको थियो ।

तर जिल्ला अदालत काठमाडौंले बिहीबार गुरूङलाई धरौटीमा छुट्न आदेश दिएको थियो । त्यसपछि उनले १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटे । तर उनी छुटे लगतै प्रहरीले फेरि पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स गरेको अभियोगमा उनलाई पक्राउ गरेको हो ।

सलमान खानको ‘द ब्याङ टुर नेपाल’ कार्यक्रम गत फागुन २६ गते हुन् नसकेपछि जेठमा कार्यक्रम गर्ने बताएको थियो । तर कार्यक्रम हुन् नसकेपछि उनीविरुद्ध उजुरी परेको थियो ।

Logo