छोरा अपहरणमा परेको भन्दै प्रहरीलाई फोन आएपछि…

छोरा अपहरणमा परेको भन्दै प्रहरीलाई फोन आएपछि…

केन्द्रबिन्दु
0
Shares

भक्तपुरमा ११ बर्षीय बालक निशान खड्काको अपहरण, हत्या र अपहरणकारीको इन्काउन्टरको घटना सेलाउन नपाउदै राजधानीमा नै फेरि अपहरणको जानकारी आएपछि प्रहरी प्रशासनको ध्यान छचल्कियो । प्रहरीले त्यसको तत्काल खोजीकार्य थाल्यो ।

अन्तत: सूचना गलत दिएको थाहा भएपछि एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले बैतडी पाटन स्थायी घर भई हाल काठमाडौंको कपन बस्ने ४१ वर्षीय राकेश विष्टलाई नियन्त्रणमा लिएको हो । 

विष्टले आफ्नो २० वर्षीय छोरा नरेश विष्ट अपहरणमा परेको भनी बुधबार महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको कन्ट्रोल नं १०० मा कल गरी जानकारी गराएका थिए । प्रहरीलाई भ्रममा पार्न खोजेकाले आवश्यक कानूनी कारबाहीको लागि नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।

Logo