अन्य

प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजनादेखि आइजीपीको उद्घोषसम्म

15 Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना- ‘अदालतमा एनजिओ र आइएनजिओलाई निषेध’

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाले संसदीय सुनुवाई विशेष समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्। सुनुवाइमा उपस्थित राणाले आफ्नो १५ पेज लामो कार्ययोजना सुनाएका हुन्। प्रस्तावित प्रधानन्यायाधीश राणाले अदालतमा एनजिओ र आइएनजिओलाई निषेध गर्ने गरी आफ्नो कार्ययोजना अघि सारेका छन्।

पत्रकारहरुले हुँदै नभएका कुरालाई समाचार बनाएः उपप्रधानमन्त्री

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सत्यसँग साईनो नै नभएका समाचार सम्प्रेषण गरेको भन्दै पत्रकारहरुको आलोचना गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले जनतालाई सही सूचना दिने भन्दा पनि सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर पत्रकारहरुले हुँदै नभएका कुरालाई समाचार बनाउने गरेको उल्लेख गर्दै आपत्ति समेत जनाए ।

अब पुनः श्रम स्वीकृति लिन काठमाडौं आउनु नपर्ने, अबदेखि प्रदेशबाटै सेवा पाईने

वैदेशिक रोजगारीमा जानेहरुले पुनस् श्रम स्वीकृतिका अब काठमाडौं आउनु नपर्ने भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि आजदेखि प्रदेशबाटै पुनः श्रम स्वीकृति जारी गर्न थालेको छ ।

‘हल्ला मच्चाए जस्तो सुस्त छैन सरकार’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकार विपक्षीले हल्ला मच्चाए जस्तो सुस्त नरहेको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले दीगो विकासको खाका कोरिरहेकाले ‘जादुमय’ विकास नदेखिएको प्रष्ट्याए । “विकास र समृद्धि भनेको तत्काल देखिदैन, यो विस्तारै हँुदै जाने प्रक्रिया हो”, उनले भने ।

कञ्चनपुर पुगेर आईजीपीले भने, ‘निर्मला प्रकरणमा दोषी पत्ता लगाएरै छोड्छु’

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले निर्मला पन्त हत्या प्रकरणमा कुनै पनि निर्दोष नफस्ने बताएका छन् । अनुसन्धान जारी रहेको भन्दै कुनै पनि निर्दोषलाई फसाउने कार्य कुनै पनि हालतमा नहुने दावी गरेका हुन् ।

चौतर्फी विरोधपछि मेयर रिहाईमा दिईएको सार्वजनिक विदा फिर्ता

चौतर्फी आलोचना भएपछि रौतहटको कटहरिया नगरपालिकाले सार्वजनिक विदा कार्यक्रम फिर्ता लिएको छ । हत्या काण्डमा जेल सजाय भोगिरहेका नगर प्रमुख सियाराम कुशवाहले सर्वोच्च अदालतबाट सफाई पाएपछि नगरपालिकाले नगर क्षेत्रमा आज सार्वजनिक विदाको घोषणा गरेका थियो ।

अन्ततः कर्मचारीसँग झुक्यो सरकार, माग सम्बोधन गर्न तयार

सरकारले ‘कर्मचारी समायोजन अध्यादेश’ मा असन्तुष्टि जनाउँदै आन्दोलनरत कर्मचारीहरुको मागलाई सम्बोधन गर्ने भएको छ ।
नेपाल सरकारका प्रतिनिधि र नेपाल आधिकारिक ट्रेड युनियन महासंघका प्रतिनिधिबीच आईतबार सिंहदरबारमा भएको छलफलमा कर्मचारी समायोजन अध्यादेशले सम्बोधन गर्न नसकेको माग संघीय निजामती सेवा ऐनमा सुनिश्चित गराउने सहमति भएको हो ।

पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन, कहाँ गए होलान ?

हृदयघातको खतरा बढ्दैछ, कसरी गर्ने मुटुको रक्षा ? (भिडियोमा)

शेयर बजार दोहोरो अङ्कले घट्यो

स्वास्थ्य नीति त्रृटिपूर्ण रहेको स्वास्थ्यमन्त्रीको आरोप

आँखाले देखेका सबै कुरा सही हुँदैनन् नपत्याए हेर्नुहोस् २३ फोटो

आफ्नै निवास बोलाएर प्रचण्डले महेश्वरलाई भने, ‘देशको शिर उचो पार्नुभयो’

काठमाडौँमा चिसो वृद्धिः अझै बढ्न सक्ने

घुससहित २ जना इन्जिनियर पक्राउ

जडिबुटीबाट पेस्तोलसहित तीन जना पक्राउ

मतदानकै दिन बङ्गलादेशमा दुईको मृत्यु , बिहान आठ बजेदेखि मतदान सुरु

प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी गरेकोप्रति ‘विप्लव’को आपत्ति

आज सुदूरपश्चिममा ‘पुसे १५’ पर्व हर्षोउलासपूर्वक मनाइँदै

घरमा लुटपाट गरिरहेको अवस्थामा काठमाडौंबाट ३ जना लुटेरा पक्राउ

इशा गुप्ताको बोल्ड तस्बिर, बन्यो भाइरल

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

प्रकाशित: १५ पुस २०७५ १६:५९ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी