गृहमन्त्री रामबहादुर थापा बादलले भक्तपुरमा गरिएको इन्काउन्टर सही भएको बताएका छन् । ‘फेक इन्काउन्टर’ भनेर आएको समाचार हल्ला मात्रै भएको उनको दाबी छ ।
भरतपुर विमानस्थलमा पत्रकारहरुको प्रश्नमा जवाफ दिंदै गृहमन्त्री बादलले भने- ‘अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको छ, फेक इन्काउन्टर भन्नु हल्ला मात्र हो ।’
उनले २४ घण्टा भित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको समेत दाबी गरेका छन् । भक्तपुरका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएको थियो ।





























प्रतिक्रिया