बग्गीखाना पुगेर गृहमन्त्रीले भने -भौतिक संरचनासँगै आचारण पनि पुर्ननिर्माण गर्नुपर्छ

बग्गीखाना पुगेर गृहमन्त्रीले भने -भौतिक संरचनासँगै आचारण पनि पुर्ननिर्माण गर्नुपर्छ

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । गृह तथा कानुन मन्त्री ओम प्रकाश अर्यालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गी खानाको अनुगमन गरेका छन् ।

गत भाद्र २३–२४ गते भएको जेनजीहरुको आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले बग्गीखानामा तोडफोड सहित आगजनी गरेका थिए । आज मंगलबार मन्त्री अर्यालले आगजनी पछि कार्यालयको अनुगमन गरेका हुन् ।


अवलोकन पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले देशलाई नष्टपार्ने काम कसैले पनि गर्न नहुने भन्दै निजी तथा सार्वजनिक सम्पति जलाएर गलत गरेको बताए । त्यस्तै उनले सबै स्टेक होल्डरहरुको कुरा आएपछि ट्राफिक प्रहरी कार्यालयमा पुर्ननिर्माणको काम अगाडि बढाउने पनि जानकारी दिए ।


उनले भने ‘’हामी नेपाली हौं । यो हाम्रो मातृ भूमि हो । जतिसुकै कठिन अवस्था भएपनि हामीले व्यहोर्नै पर्छ । त्यसैले अब केही कुरामा धैर्यता राख्नुपनि पर्छ । हामी सबैको उद्देश्य एउटै छ । भावना एउटै छ । देशलाई नष्टपार्ने काम चाँही कसैले पनि गर्न हुँदैन् ।” अर्यालले अगाडी भने

‘अब भौतिक संरचनाको पुननिर्माण मात्र नभएर हाम्रो आचरण पद्दतीको पनि पुननिर्माण गर्नुपर्ने हुन्छ । ‘ भौतिक संरचना पुर्ननिर्माणको काम सबै स्टेक होल्डरहरुको कुरा आएपछि अगाडि बढाउने उनले सोही अवसरमा जानकारी दिए ।

Logo