दोलखामा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते

दोलखामा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । दोलखाको विगु गाउँपालिकामा आज (मंगलबार) बिहान भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । दुर्घटनामा विगु गाउँपालिका–६ आलम्पुका करिब ५५ वर्षीय मकर थामीको घटनास्थलमै मृत्यु भएको दोलखा प्रहरीले जानकारी दिएको छ ।
सोही ट्याक्टरमा सवार आलम्पुका ३५ वर्षीय कुबेर थामी, ५७ वर्षीय पलबहादुर थामी र १५ वर्षीय आशिष थामी घाइते भएका छन् ।घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सिंगटीतर्फ पठाइएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए।
प्रदेश १–०१००१ त ८८७२ नम्बरको ट्याक्टर बिहानकरिब ११ बजे आलम्पुस्थित ढुंगाखानीतर्फ जाँदै गर्दा कच्ची सडकमाअनियन्त्रितभई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याक्टरमा सो समयमा चार जना सवार रहेको प्रहरीले जनाएको छ ।

Logo