काठमाडौं । जेनजी आन्दोलनका अगुवा भनिने सुदन गुरुङले आँफू माथि आक्रमणको प्रयास भइरहेको बताएका छन् ।
गुरुङले आफूमाथि आक्रमण गर्ने प्रयासस्वरुप ‘फलो’ गरिएको जानकारी दिए।
उनले आँफू गाडी भित्र रहेको अवस्थामा मोटरसाइकलले निरन्तर फलो गरेको भन्दै आफूमाथि आक्रमणको प्रयास गर्न खोजिएको बताएका हुन् । उनले फेसबुक लाइभ मार्फत आफूमाथि कहिले होण्डा साइन त कहिले पल्सर बाइकमा केही व्यक्तिहरुले फलो गरेको बताएका छन् ।

उनले आँफू लाई जतिबेला जे पनि हुनसक्ने भन्दै गाडीमा रहेका आफ्ना साथीहरुलाई आन्दोलनलाई अघि बढाउन भनेका छन् । साथै आफूमाथि निरन्तर प्रहार भइरहेको र आफूँ माथिको प्रहारलाई प्रतिकार गर्न समेत भनेका छन् ।
जेनजी आन्दोलनमा उनले चलाएको हामी नेपाल टिम सक्रिय रहेको थियो । जेनजी आन्दोलनपछि थप चर्चामा आएका उनलाई समेत जेनजीको अगुवाको रुपमा हेरिएको थियो । यद्यपि उनले आफूहरुले जेनजी आन्दोलनको सुरुवात नगरेको बरु आफूहरुले जेनजी आन्दोलनलाई साथ दिएको बताएका थिए ।
सुदनले लामो समयदेखि एनजीओ मार्फत् विभिन्न सामाजिक काम गर्दै आइरहेका थिए । तर जेनजी आन्दोलनपछि उनी जेनजी उमेर समूहको नरहेको र उनले जेनजी आन्दोलनको लाभ मात्रै लिन खोजेको भन्दै आलोचना समेत भइरहेको छ । यता उनले भने आँफू लाई राजनीति गर्नु नरहेको बताउँदै आइरहेका छन् ।
सुदनले प्रधानमन्त्रीमा शुसिला कार्की नियुक्ती भएसँगै खुट्टा ढोगेरै शुभकामना दिएका थिए । यस्तै हिजो मात्र सुदन आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुको अन्तिम विदाईमा समेत सरिक भएका थिए।





























प्रतिक्रिया