काठमाडौँ। कैलालीमा सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएको छ । गोदावरीको अत्तरियामा रहेको उग्रतारा सुधार गृहमा राखिएका डोटीको जोरायल गाउँपालिका–२ का २८ वर्षीय सागर मल्लको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी रणबहादुर चन्दले मल्लको गएराति उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए । उनका अनुसार मृतक राति शौचालय गएका बेला अचेत अवस्थामा भेटिएका थिए। मल्लको मानसिक स्वास्थमा समस्या रहेका कारण ४ महिना अघि सुधार गृहमा राखिएको थियो ।मृतकका
आफन्तले घटना शंकास्पद भएको भन्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन्।





























प्रतिक्रिया