काठमाडौँ, उच्छृङ्खल गतिविधी रोक्न गृह मन्त्रालयले सहायता कक्षको स्थापना गरेको छ। जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको प्रदर्शनपछि उच्छृङ्खल गतिविधिबारे जानकारी लिनलाई सहायता कक्षको स्थापना गरेको सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिए। यस्ता जानकारी ९८५१३६०६०३ मा फोन, मेसेज, ह्वाट्सएप, भाइबरमार्फत सम्पर्क गर्न सकिने छ।
‘समाजमा घट्ने र घट्नसक्ने उछृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सहजीकरण गर्न ९८५१३६०६०२ सहितको सहायता स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाइबरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ मन्त्रालय द्धारा जारी सूचनामा भनिएको छ।





























प्रतिक्रिया