नेकपा फुट्ला कि नफुट्ला ? एक अर्कालाई किनारा लगाउने खेल कति सफल होला ? (भिडियो)

नेकपा फुट्ला कि नफुट्ला ? एक अर्कालाई किनारा लगाउने खेल कति सफल होला ? (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको पछिल्लो विवाद यतिबेला शान्त बनेको छ । बुधबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिनका लागि १० दिनको समय दिएसँगै नेकपाभित्रको पछिल्लो विवाद केहि दिनका लागि शान्त भएको हो ।

तर, जानकारहरु यो विवाद यतिकै शान्त नहुने बताउँछन् । नेकपाको यो शान्त वातावरण आँधी आउनुभन्दा पहिलाको सन्नाटा भएको उनीहरुको भनाइ छ । हुन पनि एक पक्षले अर्को पक्षलाई भित्तामा पुर्याउने गरी रचिएको विवाद त्यतिकै साम्य हुने कुनै छाटकाँट देखिदैन ।

त्यसैले प्रधानमन्त्री ओलीले मंशिर १३ मा बस्ने सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिने छन् । प्रधानमन्त्री ओलीले त्यतिबेला इटाँको जवाफ पत्थरले फर्काउने छन् । कतिपयले नेकपा अब फुट्ने पक्का पक्की भएको दाबी गरेका छन् । तर प्रधानमन्त्री ओली निकट नेता भने कुनै पनि हालतमा नेकपालाई फुट्न नदिने बताउँदै आएका छन् ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको यो भिडियो रिपोर्ट

Logo