काठमाडौँ

सरकारले पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग चार लेनको बनाउने तयारी थालेको छ । "/>

सरकारले पूर्व–पश्चिम (महेन्द्र) राजमार्गलाई ४ लेनको बनाउने

सरकारले पूर्व–पश्चिम (महेन्द्र) राजमार्गलाई ४ लेनको बनाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग चार लेनको बनाउने तयारी थालेको छ । राजा महेन्द्रको शासनकालमा निर्माण भएको एक हजार किलोमिटर लामो दुई लेनको राजमार्गमा सवारीको चाप र दुर्घटना जोखिम बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी ३ वर्ष भित्र चार लेनमा विस्तार गर्नेगरी योजना अघि बढाएको हो ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई दुई लेनबाट बढाएर चार लेनको बनाउनका लागि टेण्डर आह्वान हुन लागेको यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिए । महासेठले भने– ‘यसको लागि टेण्डर आह्वान हुँदैछ, टेण्डरको लागि फाइनल गर्दैछौं, बुटवल देखि काँकडभिट्टा सम्म पहिलो फेजमा निर्माण गर्ने र बुटवल देखि कञ्चनपुर सम्म दोस्रो फेजमा गर्छौं ।’ कमला देखि लौकी सम्मको डिपीआर तयार भइसकेको भन्दै उनले भने, ‘आगामी तीन वर्ष भित्र महेन्द्र राजमार्गलाई २ लेनबाट बढाएर ४ लेन बनाउँछौं ।’

त्यस्तै आगामी चार वर्ष भित्र मदन भण्डारी राजमार्ग, ३ वर्ष भित्र मध्य पहाडी लोकमार्ग र ४ वर्ष भित्र तराईको लाइफलाइन मानिने हुलाकी राजमार्गको निर्माण सम्पन्न हुने मन्त्री महासेठले जानकारी गराए । ‘अब आउने चुनावमा तराईका जनताले हुलाकी राजमार्ग हुँदै भोट माग्न पाउनु हुन्छ, अहिले हामीले यसको लागि ६० वटा पुल बनाइसकेका छौं, ३० वटा बन्न बाँकी छ, १० वटाको लागि डिपिआर भैसकेको छ’, उनले भने ।
नागरिकबाट

Logo