काभ्रे
काभ्रेको भकुन्डेबाट बनेपातर्फ आउँदै गरेको यात्रुवाहक बस आज धुलिखेलमा दुर्घटनामा परेको छ । बा ३ ख ८१५५ यात्रुबस धुलिखेलमा दुर्घटना हुँदा २८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार केही घाइते उपचार भई घर फर्केका छन् भने केहीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३० मिटर तल खसेको छ । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
हिजो पनि धुलिखेल नगरपालिका–९ पानीट्याङ्कीस्थित विपी राजमार्गमा माइक्रो बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको थियो । मृत्यु हुनेमा धनुषा जिल्ला तारापट्टी बस्ने वर्ष ३६ का सत्यनारायण साह रहेका छन् ।































प्रतिक्रिया