काठमाडौँ

नेपाली साहित्य र राजनितीका अविष्मरणिय व्यक्तित्व विपी कोइरालाको आज ३६ औं स्मृति दिवस हो । "/>

आज ३६ औं विपी स्मृति दिवस : विविध कार्यक्रमको आयोजना गरि मनाईंदै

आज ३६ औं विपी स्मृति दिवस : विविध कार्यक्रमको आयोजना गरि मनाईंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाली साहित्य र राजनितीका अविष्मरणिय व्यक्तित्व विपी कोइरालाको आज ३६ औं स्मृति दिवस हो । २०३९ साउन ६ गते उनको निधन भएको थियो । विश्व जगतमा नेपाली साहित्यलाई चिनाउन र नेपालको प्रजातान्त्रिक आन्दोलन अनि राजनितीमा विपी कोइरालाको महत्वपूर्ण योगदान रहेको शनिवार चितवनमा आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरूले बताएका छन् ।

जननायक विपी कोइराला स्मृति ट्रष्ट काठमाडौं, प्रजातन्त्रबादी प्राध्यापक संघ जिल्ला समन्वय समिति, चितवन र नेपाल लेखक संघ, चितवनले संयुक्तरुपमा आयोजना गरेको जननायक विपी कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा आयोजित ‘विश्व साहित्य र समाज चेतनाका सन्दर्भमा साहित्यकार विपी’ विषयक विचार गोष्ठीका वक्ताले कोइरालाले नेपालमा मात्र नभएर विश्व जगतलाई चिनाउने गरी साहित्यिक क्षेत्रमा योगदान पु¥याएको बताएका हुन् ।

साहित्यकार विपीले नेपाली समाजमा साहित्यको माध्यमबाट चेतना फैलाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरूले नेपाली साहित्यले विपीलाई नजरअन्दाज गरेर हिड्न नमिल्ने बताएका थिए । सहभागीले विपीको साहित्य र राजनीतिक क्षेत्र छुट्टाछुट्टै बिधा भएको बताएका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा डा ध्रुर्व चन्द्र गौतमले साहित्यमा राजनिति नजोडिने बताए । साहित्यमा सामाजिकता ल्याउन सफल विपीका विषयमा आ –आफ्नै बुझाई रहेको उनले बताए । समालोचक प्रा डा गोविन्दराज भट्टराईले नेपाली साहित्यमा शोषित वर्गको प्रतिनिधित्व गर्ने साहित्यकारका रुपमा विपीलाई चिनिएको बताए । हरेक जनताको दुःखलाई साहित्य मार्फत जनतामा पु¥याउने काम उनले गरेको डा भट्टराईले बताए ।

कार्यक्रममा विपी स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम बस्नेत, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, प्रदेश सांसद बलराम पौडेल, मिलनबाबु श्रेष्ठ, गिता वाग्ले, साहित्यकारहरू पुष्प अधिकारी ‘अञ्जली’, सुरेन्द्र अस्तफल, गुराँस वन, चेतराज रेग्मी, केशवराज चालिसे, एकनारायण पौडेल लगायतले विपीको साहित्यिक योगदानको चर्चा गर्दै उनको विचार अनुसार पार्टी चल्न नसक्दा काँग्रेस अहिलेको अवस्थामा पुगेको बताए ।
यसैविच नेपाली काँग्रेसले विपी स्मृति दिवसका अवसरमा कार्यक्रम गर्ने जनाएको छ ।
रासस

Logo