काठमाडौँ
नागरिक अगुवा कृष्ण पहाडीले प्राध्यापक डा गोविन्द केसीको सत्याग्रह सामुहिक सत्याग्रहमा जान सक्ने चेतावनी दिएका छन् । वर्तमान राजनीतिक नेतृत्व सत्ताको भुलभुलैयामा अल्झिएको आरोप लगाउँदै पहाडीले सामुहिक गिरफ्तारी दिन समेत आफूहरू तयार रहेको बताए ।
ओली र प्रचण्ड सत्ताको भुलभुलैयमामा अल्झिनु भएको छ, उनले भने, यो सामुहिक सत्याग्रहमा अनुवाद हुन सक्छ । सामुहिक गिरफ्तारीमा पनि जान सक्छ । ६२,६३ को जनआन्दोलन अघि सरकारी निषेधाज्ञा तोड्दै नागरिक आन्दोलन सिर्जना भएको स्मरण गर्दै उनले वर्तमान सरकारले पनि विधिको शासनको विरोधी काम गर्दै गए नागरिकहरू सडकमा उत्रने बताए ।
१. संविधान विरोधीः ओली नेतृत्वको सरकार संविधान विरोधी भएको उनको आरोप छ । संविधानमा सभामुख र उपसभामुख अलग अलग दलको हुनुपर्ने व्यवस्था छ तर यो सरकारले दुबै पद आफूसँग राखेको छ, उनले भने, यो सरकार संविधान विरोधी हो।
२. प्रविधि विरोधीः वर्तमान सरकार सूचना प्रविधि विरोधी सरकार भएको उनले आरोप लगाए । हालै सरकारले इन्टरनेटमा कर बढाएको प्रसंग उठाउँदै उनले सरकार सूचना प्रविधि विरोधी भएको बताए ।
३.विधिको शासन विरोधीः अदालतले कैद सजायँ गरेका व्यक्तिलाई पनि संवैधानिक प्राबधान विपरीत कैद मिनाहा दिएको भन्दै उनले यो विधिको शासन विरोधी सरकार भएको दावी गरे ।
४. स्वाभिमान विरोधीः पहाडीले वर्तमान सरकार स्वाभिमान विरोधी सरकार भएको बताए । यो स्वाभिमान विरोधी सरकार हो, उनले भने, सबै गैरसरकारी संस्थालाई एउटै डालोमा हालेर नवीकरण नहुने धम्की दिइएको छ । गैरसरकारी संस्थाहरू प्रति यो सरकार पूर्वाग्रही बनेको उनको भनाई छ । वीपी कोइराला र मदन भण्डारीका नाममा समेत सेवामुखी संस्थाहरू संचालन भइरहेका बेला सकरार पूर्वाग्रही ढंगले उपस्थित भएको उनको भनाई छ ।
५. कुशासनको पर्यायः वैधानिक रुपमा दुई तिहाई भए पनि सरकार कुशासनको पर्याय भएको उनको आरोप छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया