रौतहट

सडक निर्माण गर्न बोलाइएको छलफलमा कुटपिट हुँदा पाँच जना भन्दा बढि घाईते भएका छन् भने १३ वटा मोटरसाईकल तोडफोड भएको छ । "/>

सडक निर्माण गर्ने क्रममा कुटपटि : १३ वटा मोटरसाईकल तोडफोड !

सडक निर्माण गर्ने क्रममा कुटपटि : १३ वटा मोटरसाईकल तोडफोड !

केन्द्रबिन्दु
0
Shares

रौतहट

सडक निर्माण गर्न बोलाइएको छलफलमा कुटपिट हुँदा पाँच जना भन्दा बढि घाईते भएका छन् भने १३ वटा मोटरसाईकल तोडफोड भएको छ । ईलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरिक्षक अशोक सिहको उपस्थितीमा घटना घटेको पीडितको भनाई रहेको छ ।

बृन्दाबन नगरपालिका– ४ हर्दिया स्थित खेतमा जाने बाटो निर्माण गर्न दुई पक्षिय बीच बोलाइएको छलफलमा वडाअध्यक्ष श्यामनन्दन यादब सहितले जग्गाधनी लाई कुटपिट गर्दा बृन्दाबन नगरपालिका–४ हर्दिया निबासी सोनलाल साह सहित बीरेन्द्र राय यादब, सुरेस प्रसाद यादब, सुबिता देबी, रामनारायण यादब, फुलबती देबी लाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

उनीहरु मध्ये सोनलाला साहको पाटन अस्पताल, बीरेन्द्र राय यादबको रोशनअली ट्रमा सेन्टर बीरगंज, सुरेस प्रसाद यादबको चन्द्रनिगाहपुर अस्पताल प्रालि, सुबता देबी, रामनारायण यादब र फुलबती देबीको हेल्पलाईन गरुडामा उपचार भइरहेको पीडितहरुले जनाएका छन् ।

उनीहरुले प्रयोग गरेको ना ५० प ५५७१, ना ३५ प ४४४३, ना ४४ प ५११८ नम्बर सहितको १३ वटा मोटरसाईकल तोडफोड भएको छ । तोडफोड भएको मोटरसाईकल ईलाका प्रहरी कार्यालय गरुडामा रहेको छ । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बृन्दाबन नगरपालिका–४ हर्दिया निबासी नागेन्द्र यादब, लालबाबु यादब र धर्मेन्द्र राय यादब लाई प्रहरीले रिहा गरेपछि पीडितहरु आक्रोशित भएका छन् ।

सडक निर्माणको बिषयमा राजनैतिक तबरमा दुईपक्षीय झडप भएको छ । जस मध्ये नेकपाका कार्यकर्ताले नेपाली काँग्रेस समर्थक कार्यकर्तालाई एक्कासी कुटपिट गर्दा पक्राउ परेकालाई सता र शक्तिको आडमा रिहा गरिएको आरोप राम बशिष्ट यादबको रहेको छ । छलफलको लागि तोकिएको स्थानमा पु्ग्न नपाउदै एक्कासी, ढुङ्गा, मुडा र लाठिबाट कुटपिट गरेको उनको भनाई छ ।
नेपाल समाचारपत्रबाट

Logo