काठमाडौँ

चिकित्सा शिक्षा सुधारको माग राखी २१ दिन देखि अनसनरत प्राडा गोविन्द केसीले आफ्ना माग पूरा नभए सम्म थप उपचार नलिने अडान राखेका छन् । "/>

डा केसीको जीवनरक्षाको माग गर्दै शुक्रवार साँझ दीप प्रज्वलन

डा केसीको जीवनरक्षाको माग गर्दै शुक्रवार साँझ दीप प्रज्वलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

चिकित्सा शिक्षा सुधारको माग राखी २१ दिन देखि अनसनरत प्राडा गोविन्द केसीले आफ्ना माग पूरा नभए सम्म थप उपचार नलिने अडान राखेका छन् ।

‘सरकारले आफुलाई सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गरी माग पनि पुरा गर्ने बताएर काठमाडौँ ल्याएको थियो । मलाई सुविधा सम्पन्न अस्पताल ल्याएको हैन, यी सबै परिक्षण त जुम्लामै भैरहेको थियो नि ’ –उनले भने । उनले रगत, मुटु लगायत कुनै परिक्षण गर्न नमानेको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् । विहिवार देखि उनको कुनै परिक्षण गर्न नपाएको डाक्टरहरूले बताए ।

यता आमरण अनसनरत प्रा डा गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउन आज शनिबार पनि नागरिक प्रदर्शन गरिने भएको छ । प्रा.डा गोविन्द केसी ऐक्यबद्धता सञ्जालद्वारा शुक्रवार जारी प्रेस विज्ञप्तिमा आज दिउँसो १२ बजे माइतीघर मण्डलामा हुने प्रर्दशनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र कल्याण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारवादी कृष्ण पहाडी, साहित्यकार खगेन्द्र संग्रौला, नागरिक अगुवा डा देवेन्द्रराज पाण्डे, माथेमा आयोगका प्रमुख केदारभक्त माथेमा, पत्रकार श्याम श्रेष्ठ, प्राध्यापक सुरेन्द्र लाभ सहित नेपाल चिकित्सक संघ र विभिन्न संस्थाका प्रतिनिधि सहभागी हुने उल्लेख छ ।

उनको जीवन रक्षाको माग गर्दै शुक्रवार साँझ माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको थियो । यसैबीच सञ्जालले जुम्लामा अस्पताल परिसर भित्रै पुगेर सरकारले प्राडा केसीका समर्थक माथि गरेको दमनको विरोध गरेको छ ।
नेपाल समाचारपत्रबाट

Logo