काठमाडौं

पूर्वस्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका सांसद गगन थापाले अनसनरत प्राध्यापक डा गोविन्द केसीको ज्यान तलमाथि भएमा त्यसको अपराधबाट नेपाल कहिल्यै मुक्त हुन नसक्ने बताएका छन् । "/>

प्रधानमन्त्रीलाई गगनको प्रश्न : तपाईँको ज्ञानको स्रोत के हो ?

प्रधानमन्त्रीलाई गगनको प्रश्न : तपाईँको ज्ञानको स्रोत के हो ?


काठमाडौं

पूर्वस्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका सांसद गगन थापाले अनसनरत प्राध्यापक डा गोविन्द केसीको ज्यान तलमाथि भएमा त्यसको अपराधबाट नेपाल कहिल्यै मुक्त हुन नसक्ने बताएका छन् । काठमाडौंकोको नयाँ बानेश्वरमा शनिबार भएको कार्यक्रममा सांसद थापाले प्रधानमन्त्री र मन्त्रीहरूले समेत डा केसीले उठाएका विषयको गहिराई बुझ्न नसकेको बताए । प्रधानमन्त्री र मन्त्रीहरूको अभिव्यक्ति सुन्दा लाग्छ उहाँहरू विषयको गहिराईमा पुग्नुभएको छैन, थापाले भने, बुझ्नु भएकै छैन म भन्दिनँ ।

गोविन्द केसीले उठाएका विषय उनले मात्र उठाएका नभई सरकारद्वारा गठित मेडिकल शिक्षा सम्बन्धी माथेमा आयोगको कार्यदलले निकालेको निष्कर्ष भएकोले गम्भीरतापूर्वक सोचिदिन उनले सरकारलाई आग्रह गरे । गोविन्द केसीको ज्यान तलमाथि भयो भने सिंगो नेपाल कहिल्यै अपराधबाट मुक्त हुने छैन, उनले भने, कृपया यो विषयलाई बुझिदिनुस्, यो गोविन्द केसीले उठाएको विषय होइन, प्राज्ञिक व्यक्तित्वहरू रहेको कार्यदलले उठाएको विषय हो।

काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नहुने विषय केदारभक्त माथेमा नेतृत्वको कार्यदलले निकालेको निष्कर्ष भएको दोहोर्‍याउँदै उनले प्रश्न गरे , प्रधानमन्त्री र मन्त्रीहरूले त्यो प्रतिवेदन भन्दा फरक ढंगबाट केही भन्नु भएको छ भने म तपाईँलाई प्रश्न गर्छु, तपाईँको बुझाइ र ज्ञानको स्रोत के हो ? काठमाडौं क्षेत्र नम्बर ४ का सांसद थापाले काठमाडौं बाहिरका सांसदले समेत विषय नबुझी काठमाडौंमा मेडिकल कलेज खोल्न किन नहुने भन्ने गरेकोमा आफूलाई दुःख लागेको बताए ।
अन्नपूर्णबाट

Logo