मुस्ताङ
मुस्ताङमा मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना हुँदा हिजो १९ जनाको निधन भएकोमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको हो । "/>

मुस्ताङ ट्रिपर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

मुस्ताङ ट्रिपर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

केन्द्रबिन्दु
0
Shares

मुस्ताङ
मुस्ताङमा मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना हुँदा हिजो १९ जनाको निधन भएकोमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको हो ।

दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट करिब ५० मिटर तल खस्दा यति धेरैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्र खड्काले जानकारी दिए ।

दिउँसो साढे १ बजे दुर्घटना भएको खबर पाउनासाथ प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाको कारण अझै नखुलेको प्रहरीले जनाएको छ । मृत्यु भएका सबैको सनाखत भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरू रोल्पा र दाङका बढी छन् ।

घाइते १२ जनालाई शुक्रबार साँझ हेलिकोप्टर मार्फत पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ । सुरुमा गम्भीर घाइते तीन जनालाई ल्याइएको थियो । त्यसपछि थप नौ जनालाई पनि मणिपालमै ल्याइएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo