काठमाडौं

सरकारले डा गोविन्द केसीको माग विपरीत पहिलेकै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शुक्रबार संसदमा दर्ता गरेको छ । "/>

डा. केसीको माग विपरित विवादित विधेयक नै दर्ता

डा. केसीको माग विपरित विवादित विधेयक नै दर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले डा गोविन्द केसीको माग विपरीत पहिलेकै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शुक्रबार संसदमा दर्ता गरेको छ । विधेयक आफ्नो माग बमोजिम नभएको भन्दै एक साता देखि डा. गोविन्द केसी जुम्लामा अनशनरत छन् । फास्ट ट्रयाकबाट ल्याउन लागेको राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक यसअघि प्रतिपक्षी दल कांग्रेसको दबाबपछि सरकारले फिर्ता लिएको थियो । अहिले ‘प्रतिस्थापन’ शब्द हटाएर हुबहु विधेयकलाई संसद सचिवालयमा दर्ता गराइएको कानुनमन्त्री शेरबहादुर तामाङले बताए ।

मन्त्री तामाङले कांग्रेससँग सहमति गरेरै नियमित प्रक्रियाबाट विधेयक दर्ता गरिएको दाबी गरे । उनले भने, ‘दर्ता विधेयक परिपक्व हुन समय लाग्छ । त्यसपछि संसदको पूर्ण बैठकमा दर्ता हुन्छ । विषयवस्तुमा विरोध छ भने कांग्रेसले संशोधन हाल्न पाउँछ ।’

विवादित प्रतिस्थापन विधेयकलाई अघि बढाउने बारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षाका अभियन्ताहरू एवं विज्ञहरूसँग बुधबार र बिहीबार छलफल गरेका थिए । ‘तपार्इंहरूले सरकारलाई जसरी भए पनि सहयोग गर्नुपर्छ’, शिक्षामन्त्री पोखरेलको भनाइ उधृत गर्दै एक सहभागीले भने, ‘शिक्षामन्त्री जसरी भएपनि पेलेरै जाने मुडमा देखिनु हुन्थ्यो। हामीले सरोकारवाला र विज्ञहरूसँग छलफल गरेर मात्रै अगाडि बढाउने सुझाव दिंदै संशोधनमा जोड दियौं । उहाँ भने एकोहोरो जस्ताको तस्तै पेश गर्ने र पारित गराएरै छाड्ने मनस्थितिमा देखिनु भयो ।’

शिक्षामन्त्री पोखरेलले बुधबार प्राध्यापक केदारभक्त माथेमा लगायतका विज्ञहरू र बिहीबार विभिन्न चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बाँस्कोेटा लगायत सरोकारवाला निकायका प्रमुखसँग छलफल गरेका थिए ।
अन्नपूर्णबाट

Logo