काठमाडौं

सरकारले बहुप्रतीक्षित धरहरा पुनःनिर्माण प्रक्रिया अगाडि बढाएको छ । धरहरा पुनःनिर्माणका लागि पाँच वटा निर्माण कम्पनीहरू प्राविधिक छनोटमा परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए । "/>

धरहरा पुनःनिर्माण प्रक्रिया सुरु : डीपीआर तयार

धरहरा पुनःनिर्माण प्रक्रिया सुरु : डीपीआर तयार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले बहुप्रतीक्षित धरहरा पुनःनिर्माण प्रक्रिया अगाडि बढाएको छ । धरहरा पुनःनिर्माणका लागि पाँच वटा निर्माण कम्पनीहरू प्राविधिक छनोटमा परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए ।

धरहरा पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आह्वान गरेको विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर) मा ६ वटा निर्माण कम्पनी प्रस्ताव पेस गरेका थिए, ती मध्ये पाँच वटा निर्माण कम्पनी छनोटमा परेका हुन् । प्राधिकरणका अनुसार छनोट भएका कम्पनीहरूमा जेइक लामा जेभी, सीआर फाइभ सीईएस स्वच्छन्द जेभी, कुमार सीएफईसी जेभी, जीआईटीसी रमन जेभी र सीआईसीओ कालिका जेभी रहेका छन् ।

प्राविधिक छनोटमा परेका कम्पनीहरूको आर्थिक प्रस्ताव असार २६ गते खोलिने जानकारी दिंदै सहसचिव मानन्धरले सबैभन्दा कम रकममा धरहरा निर्माणको प्रस्ताव गर्ने कम्पनीलाई धरहरा निर्माणको जिम्मेवारी दिइने बताए । धरहरा पुनःनिर्माणका लागि एक महिना अघि आह्वान गरिएको ग्लोबल बोलपत्रमा ६ वटा निर्माण कम्पनीले आवेदन दिएको तथा सबै निर्माण कम्पनी नेपाली नै रहेको जानकारी सहसचिव मानन्धरले दिए ।

नयाँ धरहरा निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा ‘डिजाइन’ को काम सम्पन्न भइसकेको जानकारी दिंदै महाशाखा प्रमुख मानन्धरले नवनिर्मित धरहरा जमिनमुनि दुई र जमिन माथि २२ तल्ला गरी जम्मा २४ तल्लाको हुने बताए । धरहराको डिजाइन केज कन्सुलेट प्रालि र एमआरबी एन्ड एसोसिएट्सले तयार पारेको हो ।

धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फी लिफ्ट हुने प्राधिकरणले जनाएको छ । नयाँ बन्ने धरहरा अपाङ्गमैत्री समेत हुनेछ । धरहराको १८ औंं तलामा १७ जना सम्म अट्न सक्ने मिनी थिएटर बनाइने छ जहाँ धरहराको विगत देखि वर्तमान सम्मको भिडियो डिस्पले गरिने छ । २४५ फिट अग्लो धरहराको टुप्पोमा सिसाले घेरेको ‘भ्यू डेक’ निर्माण गरिने छ जहाँबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिने छ ।
गोरखापत्रबाट

 

Logo