काठमाडौं

नेपाल र भारतका प्रधानमन्त्री बीच नेपाललाई जलमार्गबाट जोड्ने सम्बन्धमा भएको सम्झौता कार्यान्वयन गर्न दुवै देशका अधिकारीहरू बीच छलफल हुने भएको छ । "/>

नेपाल – भारत जलमार्ग सम्झौता कार्यान्वयन हुने

नेपाल – भारत जलमार्ग सम्झौता कार्यान्वयन हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल र भारतका प्रधानमन्त्री बीच नेपाललाई जलमार्गबाट जोड्ने सम्बन्धमा भएको सम्झौता कार्यान्वयन गर्न दुवै देशका अधिकारीहरू बीच छलफल हुने भएको छ । आगामी असार ३१ र ३२ काठमाडौंमा दुवै देशका छुट्टाछुट्टै संयन्त्रको संयुक्त बैठक बसी जलमार्गका सम्भावना, प्राविधिक तथा आर्थिक पक्ष र कुन नदीमा कस्तो खालको पानीजहाज चलाउन सकिन्छ भन्ने बारेमा विस्तृत छलफल हुने भएको हो ।

बैठकमा जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुनले गठन गरेको समिति र भारतको इनल्यान्ड वाटरवेज अथोरिटीका अधिकारी बीच छलफल हुन लागेको नेपालतर्फका संयोजक एवं जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव माधव बेलबासेले बताए ।

मन्त्री पुनले बेलबासेको संयोजकत्वमा मन्त्रालयका सहसचिव प्रवीण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल सिग्देल, परराष्ट्र मन्त्रालयकी उपसचिव रीता धिताल लगायत वाणिज्य मन्त्रालयका अर्का उपसचिव रहेको समिति गठन दुई साता अघि गरेका थिए । यही समितिले भारतीय अधिकारीहरू सित जलमार्ग सञ्चालनको विस्तृत पाटो अध्ययन गरी भारत सित सहमति गर्ने कार्यादेश पाएको छ ।

सहसचिव बेलबासेका अनुसार प्रारम्भिक अध्ययनले भारतको हल्दिया बन्दरगाहलाई जलमार्गबाट जोड्ने उपयुक्त नदी गण्डक र कोसी देखिएको छ । उनका अनुसार यी दुवै नदीमा अति सुख्खायाममा समेत डेढ देखि दुई मिटरको गहिराइ उपलब्ध छ । ५०० टनको सामान ओसार्ने बार्ज यो नदीसम्म ल्याउन डेढ मिटर गहिराइ पर्याप्त रहेको बेलबासेले बताए । हल्दिया देखि कोसीको नेपाल भारत सीमा क्षेत्र सम्म सात सय २५ किलोमिटर दूरी छ भने गण्डकसम्म आठ सय ५० किलोमिटर पर्छ ।

हल्दिया बन्दरगाह कलकत्ता देखि ४५ किलोमिटर टाढा छ । यो जलमार्ग योजना सफल भएमा नेपालको सामुद्रिक बन्दरगाह सम्म सजिलो पहुँच पुग्ने अपेक्षा दुवै देशको छ ।
अन्नपूर्णबाट

Logo