काठमाडौं

न्याय परिषद्बाट सिफारिश भएका २२ जना जिल्ला न्यायाधीशलाई सोमबार पद तथा गोपनीयताको शपथ गराइएको छ । "/>

सोमबार २२ जिल्ला न्यायाधीशलाई शपथ गराइयो

सोमबार २२ जिल्ला न्यायाधीशलाई शपथ गराइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

न्याय परिषद्बाट सिफारिश भएका २२ जना जिल्ला न्यायाधीशलाई सोमबार पद तथा गोपनीयताको शपथ गराइएको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उनीहरुलाई संविधान बमोजिम शपथ गराए । नेपाल न्याय सेवाका उपसचिव वा सो सरहका राजपत्राङ्कित द्वितीय श्रेणीमा कार्यरत उनीहरु संविधानको धारा १४९ को उपधारा (१) बमोजिम बढुवा भई जिल्ला न्यायाधीशमा नियुक्त भएका हुन् ।

न्यायपरिषद्को गत असार ७ गते बसेको बैठकले २२ जनालाई जिल्ला न्यायाधीशमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी समक्ष सिफारिस गरेको थियो । शपथ ग्रहण गर्नेमा सुदर्शन लामिछाने, खिमानन्द भुसाल, टिकेन्द्र दाहाल, वसन्तजंग थापा, चाणक्यमणि अर्याल, कपिलमणि गौतम, विदुर काफ्ले, धुव्रकुमार उप्रेती, चन्द्रकान्त पौडेल, राजेशकुमार कटुवाल, देवप्रसाद योगी, दिलप्रसाद सापकोटा, श्यामलाल घिमिरे, प्रेमप्रसाद न्यौपाने, प्रल्हादकुमार योगी, दीनबन्धु बराल, विनोद खतिवडा, दण्डपाणि लामिछाने, माधवप्रसाद सुवेदी, मणिराम न्यौपाने, गीता श्रेष्ठ र दुर्गा खड्का छन् ।

यस अघि पहिलो पटक न्याय सेवा आयोगले खुला प्रतियोगिताबाट न्यायाधीशका लागि लिएको परीक्षाबाट उत्तीर्ण भएका १६ जिल्ला न्यायाधीशमा शपथ गराइएको थियो ।
रासस

Logo