इनरुवा ।  भारतको सुपौलबाट नेपाल घुम्न आएका ६ जना भारतीय नागरिकको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउँका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । "/>

धनकुटामा जीप दुर्घटना, ६ भारतीय नागरिकको मृत्यु

धनकुटामा जीप दुर्घटना, ६ भारतीय नागरिकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

इनरुवा । भारतको सुपौलबाट नेपाल घुम्न आएका ६ जना भारतीय नागरिकको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउँका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक ६ जना मध्ये दुई जनाको मात्र नाम खुलेको र बाँकी चार जनाको नाम खुल्न बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

धनकुटाको भेडेटार घुमेर भारत फर्कने क्रममा गएराती सुनसरीको कोशी गाउँपालिका ४ कोशी कटानमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको १ नम्वर संघीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बि आर ०६ पी बी ६४१८ नं को स्कारपिओ जीप आफैँ अनियन्त्रित हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी तीन जनाको घटनास्थलमा र तीन जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनास्थलमा मृत्यु भएका तर नाम नखुलेका तीन जनाको शव जिल्ला अस्पताल, इनरुवामा राखिएको छ भने उपचारका क्रममा मृत्यु भएकाको शव विराटनगरस्थित अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

Logo