काठमाडौं

शनिबार देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्किँदै गएको छ । "/>

चिसोले डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

चिसोले डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

शनिबार देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्किँदै गएको छ । कभर्डहलमा अनशनमा रहेका केसीलाई चिसोले असर गरेको सहयोगमा खटिएका किशोर केसीले जनाए । ‘उहाँ राम्रैसँग बोल्न सक्ने हुनुहुन्छ, तर चिसोले स्वास्थ्य खस्किँदो छ । उहाँको शरीरमा पानीको मात्रा समेत कम भएको छ,’ सहयोगी किशोर केसीले भने, ‘सोमबार दिनभर खुट्टा निदाउने, छाती दुख्ने, हातखुट्टा झमझमाउने, बोल्दा मुटुको चाल बढ्ने समस्या देखियो, चिकित्सकहरूले विशेष निगरानीमा राखेका छन् ।

चिकित्सा शिक्षा विधेयक संसद्बाट जस्ताको तस्तै पास हुनुपर्ने, माइतीघर मण्डलामा आन्दोलन गर्न पाउनुपर्नेलगायतका सात शूत्रीय माग राखेर केसीले १५ औँ अनशन सुरु गरेका हुन् ।अनशनस्थलमा बिजुली अभावका कारण डा. केसीको स्वास्थ्य अवस्था जाँच्न समस्या भएको छ । लोडसेडिङको समस्याका कारण मुटुको चाल नाप्ने कड्यक मनिटर जडान गर्न नसकिएको सहयोगी केसीले बताए ।

यता चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघ डा. केसीको माग प्रति भने मौन छ । संघले केसीको जीवन रक्षाको माग राखेको छ । कैदी नै भए पनि मानवीय भावना देखाउनु पर्ने संघको धारणा छ । ‘केसीको मागमा चिकित्सक संघको कुनै धारणा छैन, उनी संघका सदस्य भएको नाताले जीवन रक्षा हुनुपर्छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo