काठमाडौं

शनिबार देखि विभिन्न ७ बुँदे माग राखी जुम्ला सदरमुकामको कवर्डहलमा आमरण अनशनमा बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसी माग पुरा नभई काठमाडौं नफर्कने भएका छन् । "/>

डा केसीले भने– माग पुरा नभई अनशन पनि तोड्दिन, काठमाडौं पनि फर्किन्न !

डा केसीले भने– माग पुरा नभई अनशन पनि तोड्दिन, काठमाडौं पनि फर्किन्न !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

शनिबार देखि विभिन्न ७ बुँदे माग राखी जुम्ला सदरमुकामको कवर्डहलमा आमरण अनशनमा बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसी माग पुरा नभई काठमाडौं नफर्कने भएका छन् । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले क्रमशः माग पुरा गर्दै जाने आश्वासन सहित वार्ताका लागि काठमाडौं डाकेपछि केसीले भने, ‘अहिले अनशन पनि तोडिँदैन, काठमाडौं पनि फर्किन्न । पहिले माग पुरा गर्नुहोस् ।’

डा. केसीले चिकित्सा शिक्षा विधेयकमा स्नातकोत्तरपछि दुई वर्ष सेवा दिने व्यवस्था बाहेक अरु कुनै पनि बुँदा परिवर्तन नगरी प्रतिस्थापन विधेयक जारी गर्नु पर्ने माग गरेका छन् ।पटकपटक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा आमरण अनशन बसेका केसीले यसपटक चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेस गर्नुपर्ने माग गरे ।

सत्याग्रही केसीलाई जुम्ला प्रहरीले साँझ कभर्डहल पु¥याएको थियो । डा. केसीले चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालन लगायत काम सुचारु हुनु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातक तहका विद्यार्थी भर्ना गर्नेगरी पूर्वाधार र जनशक्ति कायम गर्न माग राखेका छन् । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाउनुपर्ने सहित पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरू स्थापनाको पनि माग राखेका छन् ।

सरकारले सहमति गरेर पनि आफ्ना माग कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाउँदै आएका डा केसीले पठनपाठन ठप्प भइसकेको जानकी मेडिकल कलेजका विद्यार्थीलाई उचित व्यवस्थापन गर्दै विद्यार्थीलाई अलपत्र पार्ने जिम्मेवार व्यक्तिलाई तत्काल कारबाही र प्रदेश २ मा सरकारी मेडिकल कलेज खोल्ने काम तत्काल सुरु हुनु पर्ने माग पनि राखेका छन् । केसीको समर्थनमा विभिन्न स्वास्थ्य शिक्षणका विद्यार्थीहरु उत्रिएका छन् । उनलाई विद्यार्थीहरुले नै सहयोग गरिरहेका छन् ।
राजधानीबाट

Logo