काठमाडौं
नेपालको वन तथा वातावरण क्षेत्रमा दातृनिकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले करिब २ खर्ब सहयोग गर्दै आएका छन् । सन् २०२३ सम्मका लागि उनीहरूले विभिन्न योजना बनाएर १ खर्ब ९८ अर्ब ५९ करोड ४५ लाख ६८ हजार सहयोग गर्ने योजना बनाएका छन् ।
जस मध्ये दातृनिकायको सहयोग १० अर्ब ३५ करोड ९५ लाख २६ हजार अर्थात ९ करोड ६८ लाख १८ हजार अमेरिकी डलर छ । यस्तै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले १ खर्ब ८८ अर्ब २३ करोड ५० लाख ४२ हजार अर्थात १ अर्ब ७५ करोड ९२ लाख ६ हजार डलर सहयोग गर्ने भएका छन् । वन तथा वातावरण क्षेत्रमा १६ दातृनिकाय र १५ आइएनजिओले काम गर्ने भएका छन् ।
आइएनजिओ र दातृनिकायको सहयोगबारे वन तथा वातावरण मन्त्रालय भने बेखबर छ । दातृनिकायसँगै आइएनजिओले समाज कल्याण परिषद मार्फत कार्यक्रम स्वीकृत गराएर अर्थ मन्त्रालयसँग सम्झौता गर्ने व्यवस्था भएकाले वन मन्त्रालय बेखबर बनेको हो । नियमन तथा अनुगमन गर्ने काम समाज कल्याण परिषद्को भएकाले आफूहरूलाई जानकारी नभएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलले बताए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया