कपिलवस्तु
कारको सिटमुनी लुकाएर अबैध रुपमा भारतबाट नेपाल भित्र्याउन लागेको १३ लाख १३ हजार ६६० भारतीय रुपैयाँ नेपाल प्रहरीले कपिलवस्तुको कृष्णनगर २, लिंकगेटबाट बरामद गरेको छ । "/>

कारको सिट मुनी अबैध भारतिय रुपैयाँ १३ लाख फेला

कारको सिट मुनी अबैध भारतिय रुपैयाँ १३ लाख फेला

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु
कारको सिटमुनी लुकाएर अबैध रुपमा भारतबाट नेपाल भित्र्याउन लागेको १३ लाख १३ हजार ६६० भारतीय रुपैयाँ नेपाल प्रहरीले कपिलवस्तुको कृष्णनगर २, लिंकगेटबाट बरामद गरेको छ । साथै प्रहरीले कार र दुई जना मानिसलाई समेत नियन्त्रणमा लिएको छ ।

भारतको हरियाणाबाट नेपालको काठमाडौंतर्फ जान लागेको एच.आर ०८ एक्स ६०८८ नम्बरको ट्वेटा कारलाई चेकजाँचका क्रममा प्रहरीले सो रकम फेला परेको हो । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सूर्य बोगटी र लिंकगेटका प्रहरी नायब निरीक्षक पवन पछाई नेतृत्वको संयुक्त टोलीले शंका लागेर कारमा चेक जाँच गर्दा ठूलो परिमाणको भारतीय नोट भेटिएको प्रहरीले जनाएको छ ।

लिंकगेटमा रोकिएको कारमा चेकजाँच गर्न लाग्दा चालक भारतको पञ्जाब बस्ने लावसिंह हेण्डिल लक गरी फरार भएपछि प्रहरीलाई शंका लागी कार भित्र खानतलास गर्दा सिट मुनि लुकाएको अवस्थामा भारतीय नोट फेला पारेको लिंकगेटका प्रहरी नायब निरीक्षक पवन पछाईले जानकारी दिए । भारतबाट बढीमा २५ हजार भारतीय नोट मात्र नेपाल ल्याउन पाइने कानुनी प्रावधान भएपनि ठूलो परिमाणमा भारतीय नोट नेपाल भित्राएकाले नोट बरामद गरिएको प्रहरी निरीक्षक सूर्य बोगटीले बताए ।

“चेकजाँचका क्रममा २ हजारका १८ वटा नोट, ५ सयका २४ गड्डी र ७५ वटा नोट, २ सयको १ गड्डी, एक सयको २ गड्डी, ५० को २ वटा र १० को ६ वटा नोट भेटियो” – प्रहरी निरीक्षक बोगटीले भने । नोट ओसार पसारमा संलग्न दुई जना र कारलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बोगटीको भनाई छ ।
नेपाल समाचारपत्रबाट

Logo