अर्जेन्टिनाको पोष्टमा फ्रान्सको ४ गोल

अर्जेन्टिनाको पोष्टमा फ्रान्सको ४ गोल

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप अन्तर्गत अर्जेन्टिना विरुद्ध फ्रान्सले ४ गोल गरेको छ । खेल सुरु भएको १३ औं मिनेटमा नै पेनाल्टी मार्फत अग्रता लिएको फ्रान्सले अर्जेन्टिनाविरुद्ध ४—२ को अग्रता लिएको हो ।

केलिन एमबाप्पले ६४ र ६८ औं मिनेटमा औं मिनेटमा गोल गर्दै फ्रान्सलाई ४—२ गोलको अग्रता दिलाए । यसअघि बेन्जामिन पाभार्डले ५७ औं मिनेटमा गोल गर्दै खेल २—२ गोलको बराबरीमा ल्याएका थिए।

पहिलो हाफको १३ औं मिनेटमा नै फ्रान्सले पेनाल्टी मार्फत अग्रता लिएको थियो । एन्टोनी ग्रिजमनले पेनाल्टी सदुपयोग गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको ४१ मिनेटमा अर्जेन्टिनाका लागि डि मारियाले गोल गर्दै पहिलो हाफ १—१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ४८ औं मिनेटमा ग्याब्रियल मर्काडोले गोल गर्दै खेल २—१ को अवस्थामा पुर्याएका थिए । 

Logo