सुनसरी । को.१८ प ८५३६ र को.७ प ९६२५ नम्बरका मोटरसाइकल चोरी गरेको अभियोगमा इटहरी उपमहानगरपालिका-४ बस्ने २४ वर्षीय विकास भुजेल र २४ वर्षीय विवेक अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकल चोरी गरी विकासको घरभित्र लुकाई राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिइएको प्रहरीले उक्त मोटरसाइकलसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर चोरी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।





























प्रतिक्रिया