२५ जुवाडे पक्राउ

२५ जुवाडे पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट २५ जना जुवाडे पक्राउ गरेकाे छ । बागलुङ नगरपालिका-३ गुठीस्थित अमिना होटलमा तास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने बस्ने ५० वर्षीय हिरा थापा लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । नगद ९० हजार ४ सय ७५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

तनहुँकाे बन्दीपुर गाउँपालिका-१ छापस्थित खाली घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय लक्ष्मण कपाली लगायत १४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ५५० रुपैयाँ र कौडासहित पक्राउ गरेको हो ।

साथै कपिलवस्तुकाे बाणगंगा नगरपालिका-४ बस्ने रबिन्द्र प्रताप सेनको घरमा जुवातास खेलिरहेको अवस्थामा सेन लगायत  ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नगद १ लाख ११ हजार ६१३ रुपैयाँ र २ गड्डी ताससहित पक्राउ गरेको हो ।

Logo