गायक सुगम पोखरेलकी छोरीको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

गायक सुगम पोखरेलकी छोरीको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

केन्द्रबिन्दु
0
Shares

गायक सुगम पोखरेलकी छोरी एन्जेलिजा पोखरेलको गीत सार्वजनिक भएको छ । करिब ५ वर्ष अघि नै रेकर्ड गरिएको गीतको भिडियो एन्जेलिजाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।

अमेरिका रहेका गायक सुगमले ‘मलाई उड्न देउ’ नामको गीत आफ्नै युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरेका हुन् ।  ‘स्वेत हंशिनी’ नामक एल्बममा समावेश गीतमा शब्द तथा संगीत सुगम पोखरेलको छ भने संगीत संयोजन शैलेन्द्र प्रधान ‘बाबु’को छ ।

एल्बममा रहेको ‘सरस्वती बन्दना’ गीतमा पनि एन्जेलिजाकै स्वर सुन्न सकिन्छ । भिडियोमा अनिल मानन्धरको छायांकन तथा निर्देशन छ । गीतमा सुनिल क्षेत्रीको कोरियोग्राफी र शिलन लम्सालको सम्पादन छ ।

 

Logo