‘ईपीजी’को बैठक सुरु, होला त १९५० को सन्धि पुनरावलोकन ?

‘ईपीजी’को बैठक सुरु, होला त १९५० को सन्धि पुनरावलोकन ?

केन्द्रबिन्दु
0
Shares

नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को नवौं संयुक्त बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा नेपालको तर्फबाट डाक्टर भेष बहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डाक्टर राजन भट्टराई तथा भारतबाट भगतसिंह कोस्यारी, महेन्द्र पी लामा, जयन्त प्रसाद र डाक्टर बिसी उप्रेती सहभागी छन् । 

सन् १९५० को सन्धिका असमान विषयमा सहमति जुटाउन आजको बैठक निर्णायक मानिएको छ । १९५० को सन्धिका विषयमा नेपालले पेस गरेको सन्धि र सम्झौतामा उल्लेखित दुवै देशका नागरिकले पाउने राष्ट्रिय व्यवहारका विषयमा सहमति जुट्ने बताइएको छ । बैठकमा समझदारी भै  संयुक्त प्रतिवेदन जारी हुने अपेक्षा गरिएको छ ।

Skip This
Skip This
Logo