अब गुण्डाहरुले दाँया–बाँया गरे सिधै इन्काउन्टर !

अब गुण्डाहरुले दाँया–बाँया गरे सिधै इन्काउन्टर !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल प्रहरी अपराधिक गतिविधिमा संलग्न रहेका व्यक्तिहरुमाथि निगरानी बढाएको छ । देशभर अपराधिक गतिविधिमा संलग्न रहेका व्यक्तिहरु अब प्रहरीको विशेष निगरानीमा रहनेछन् ।

यतिसम्म कि प्रहरीले गुण्डागर्दी र आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहमाथि चेकजाँचका क्रममा तलमाथि गरे सिधै गोली समेत हान्न सक्नेछ । प्रहरी प्रमुख आईजीपी सर्बेन्द्र खनालले मातहतका निकायलाई एक निर्देशन दिँदै गुन्डागर्दी र आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहमाथि प्रहरीले निगरानी बढाएको हो ।

गुन्डा तथा आपराधिक समूहमा लागेकाहरूमाथि प्रहरी कठोर भएर प्रस्तुत भएको आईजीपी खनालले बताए । काठमाडौं उपत्यकामा ६ वटा अपराधिक समूह सक्रिय रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै ६ वटा अपराधिक समूहका १९० डन सक्रिय रहेको जनाएको प्रहरीले देशभर कति वटा समूह सक्रिय रहेकोबारे भने सूची तयार पारिरहेको छ ।

आईजीपी खनालको निर्देशनपछि मातहतका प्रहरीले देशभरका गुन्डाहरुको सूची तयार पारिरहेको छ । आईजीपी खनालले भने, ‘डन तथा आराधिक समूहका सूची बनाउन र निगरानी बढाउन भनेका छौँ । यस क्रममा केही कारबाही पनि भएका छन् । उनीहरूका हतियार खोसिएका छन् ।’

प्रहरी प्रधान कार्यालयले दुई महिनामा ३४ थान अवैध हतियार बरामद गरेको छ । जसमा ५ वटा पेस्तोल, १२ वटा कटुवा पेस्तोल, २ वटा बन्दुक र ३५ वटा भरुवा बन्दुक रहेका छन् । सो हतियारमा प्रयोग हुने ८५ थान गोली पनि बरामद भएका छन् । त्यसमध्ये पेस्तोलको १९, कटुवा पेस्तोलको २३, बन्दुकको ३७ र अन्य १२ राउन्ड गोली बरामद भएका छन् ।

प्रहरीले केही इजाजत प्राप्त व्यक्तिहरुको समेत हतियार खोसेको छ । लाइसेन्सधारी हतियारको आडमा गुण्डागर्दी गर्ने तथा धम्क्याउने जस्ता कार्यमा संलग्न रहेको भन्दै प्रहरी प्रशासनले इजाजत रद्द गर्दै हतियार नियन्त्रणमा लिएको हो ।

Logo