रत्नपार्क आइरहेको बस खोलामा खस्यो, १५ जना घाइते (भिडियोसहित)

रत्नपार्क आइरहेको बस खोलामा खस्यो, १५ जना घाइते (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस लामबगरमा दुर्घटना भएको छ । बा ३ क ३७४९ नम्बरको बस शुक्रबार बिहान खोलामा खसेको हो ।

दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् । घाइते १५ मध्ये १२ को ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र ३ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । शिक्षण अस्पतालमा उपचाररत १ जनाको अवस्था गम्भीर छ ।

 

हेर्नुहोस् भिडियो 

Logo