सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बुको नेचा सल्यानबाट पतलेबजार जाँदै गरेको जिप दुर्घटना भएको छ । को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११ मा भिरबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाका अनुसार मृतक मध्ये शिवकुमारी यादवको मात्रै सनाखत भएको छ । जिपमा ७ जना सवार भएकोमा एक जना बालकको उद्धार गरि उपचारका लागि लागिएको छ ।

घटना भएको ठाउँ सदरमुकामबाट करिब १२ किलोमिटर टाढा पर्छ । थप विवरण आउन बाँकी छ ।

Logo