काठमाडौं
त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल तथा चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा.गोविन्द केसीले बुधबार सरकारलाई अल्टिमेटम दिँदै विज्ञप्ति जारी गरि सम्झौता अनुरुप चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा तत्काल जारी नगरे अनसन बस्ने उद्घोष गरेका छन् । जुम्लामा अनसन बस्ने बताएका डा.केसी विहिवार जुम्लाका लागि काठमाडौबाट नेपालगञ्ज पुगेका छन् ।
विगतमा १४ पटक सम्म काठमाडौंको त्रिवि शिक्षण अस्पताल परिसरमा आमरण अनसन बस्दै आएका डा.केसी १५ औं अनसन जुम्लाको सदरमुकाममा बस्ने अठोटका साथ त्यहाँ पुगेका हुन् ।
चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा आउनु पर्ने माग राख्दै आफुले १५ औं पटकको अनसन बस्न बाध्य भएको डा केसीले बताए । विहिवार नेपालगंज पुगेका डा.केसी शुक्रवार विहानै जुम्लाका लागि गाडिमा जाने तयारीमा छन् । अनसनका लागि यस पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको जुम्ला सदरमुकामलाई रोजेको समेत उनले जानकारी दिए ।





























प्रतिक्रिया