काठमाडौं

सरकारले पूर्वराष्ट्रपति लगायतका पूर्वपदाधिकारीलाई विलासी सुविधा उपलब्ध गराउने गरी विधेयक ल्याउन लागेको छ । "/>

पूर्वराष्ट्रपति लगायत पूर्व पदाधिकारीलाई थपियो सुविधा

पूर्वराष्ट्रपति लगायत पूर्व पदाधिकारीलाई थपियो सुविधा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले पूर्वराष्ट्रपति लगायतका पूर्वपदाधिकारीलाई विलासी सुविधा उपलब्ध गराउने गरी विधेयक ल्याउन लागेको छ । पूर्व राष्ट्रपतिका लागि २ लाख घरभाडा र मासिक ५० हजार सहित दुई लाख ५० हजार रुपैयाँ सहित अन्य सुविधा उपलब्ध गराउने भएको छ । उपराष्ट्रपतिलाई मासिक ७५ हजार घरभाडा सहित ४० हजार दिने भएको छ । पूर्व पदाधिकारीको सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।

पूर्वराष्ट्रपति लगायत पूर्व पदाधिकारीलाई भत्तासँगै प्रतिव्यक्ति एउटा गाडी, गाडीमा लाग्ने मासिक २ सय लिटर इन्धन, मोबिल, मर्मत खर्च, सवारी चालक, कर्मचारी, कार्यालय सहयोगी समेत राज्यले उपलब्ध गराउने व्यवस्था गरिएको छ । विधेयक अनुसार पूर्व पदाधिकारी भनेर महत्वपूर्ण ७ वटा पदमा कार्यरत रही सेवा निवृत्त भएका सम्बोधन गरिएको छ । पूर्व पदाधिकारी भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष हुनेछन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वीकृत गरी मन्त्रिपरिषदमा पेश गर्न लागिएको विधेयकमा पूर्व पदाधिकारीका लागि यस्तो व्यवस्था गरिएको हो । मासिक भत्ता, आवास सुविधा सहित गाडी, निजी सचिवालय कर्मचारीको व्यवस्था, सुरक्षा व्यवस्था राज्यले उपलब्ध गराउने विधेयक मस्यौदामा उल्लेख छ ।

कुनै प्रदेशको राजधानीमा वा काठमाडौंमा घर नहुने पूर्व राष्ट्रपतिलाई मासिक २ लाख र अन्य पदाधिकारीलाई मासिक ७५ हजार रुपियाँ घरभाडा उपलब्ध गराउने गरी विधेयकमा राखिएको छ । घर भएका पूर्व पदाधिकारी अन्र्तगत राष्ट्रपतिलाई अन्यको तुलनामा सेवासुविधा अलग तोकिएको छ । पूर्वराष्ट्रपतिको काठमाडौं उपत्यका वा अन्य प्रदेशका राजधानीमा घर भएको भए मर्मतका लागि भत्ता सहित मासिक १ लाख रुपैयाँ दिने व्यवस्था गरिएको छ ।

घर नभएका उपराष्ट्रपति, प्रधानमन्त्री लगायतलाई भत्तासहित मासिक ७५ हजार रुपैयाँ छुट्टाइएको छ । उपत्यका र प्रदेश मुकाममा घर भएका राष्ट्रपति बाहेकका पूर्व पदाधिकारीलाई मर्मतका लागि मासिक भत्ता सहित ३४ हजार रुपयाँ छुट्टै दिने व्यवस्था छ ।
नागरिकबाट

Logo