रसियामा जारी फिफ विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । आज डिफेण्डिङ च्याम्पिनय जर्मनी र स्वीडेन भिड्नेछन् । त्यस्तै बेल्जियम र ट्युनिशिया र मेक्सिको र दक्षिण कोरियाबीच खेल हुनेछ । "/>

फिफा विश्वकपः जर्मनी पहिलो जितको खोजीमा

फिफा विश्वकपः जर्मनी पहिलो जितको खोजीमा

केन्द्रबिन्दु
0
Shares

रसियामा जारी फिफ विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । आज डिफेण्डिङ च्याम्पिनय जर्मनी र स्वीडेन भिड्नेछन् । त्यस्तै बेल्जियम र ट्युनिशिया र मेक्सिको र दक्षिण कोरियाबीच खेल हुनेछ ।

समूह जी मा रहेका बेल्जियम र ट्युनिया पौने ६ बजे भिड्दैछन्। पहिलो खेलमा पानामालाई ३—० ले पराजित गरेको बेल्जियम लगातार दोस्रो जित हात पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्ने दाउमा हुनेछ। ट्युनिसिया भने पहिलो खेलमा इंग्ल्याण्ड्सँग पराजित भको थियो।

त्यस्तै आजै राती पौने ९ बजे हुने दोस्रो खेलमा मेक्सिको र दक्षिण कोरिया भिड्नेछन् । पहिलो खेलमा जर्मनीलाई पराजित गरेको मेक्सिको आजको खेल जितेर अन्त्मि १६ मा स्थान सुरक्षित गर्न चाहान्छ । पहिलो खेल हारेको कोरियालाई आजको खेल जितेमा अन्तिम १६ बाटो अझै खुला रहनेछ ।

जर्मनीलाई पहिलो खेलमा पराजित भएपछि आजको खेल जित्नैपर्ने दवाव हुनेछ । पहिलो खेलमा उ मेक्सिकोसँग पराजित भएको थियो ।

समूह एफमा रहेका यी दुई बीचको खेल राती ११ः ४५ हुनेछ। पहिलो खेलमा दक्षिण कोरियालाई हराएको स्वीडेन लगातार दोस्रो खेलमा जित हात पार्दै अन्तिम १६ प्रवेशको बाटो सहज बनाउने दाउमा हुनेछ।

Logo