काठमाडौं

जेठ ३० मा स्कुटरमा यात्रारत २४ वर्षीया अस्मिता भण्डारीलाई काठमाडौंको जडीबुटीचोकमा बा ४ ख ३५५० नम्बरको टिपरले किचेर मारेको घट्ना सेलाउन नपाउँदै शुक्रबार फेरि भक्तपुर सानोठिमीमा टिपरकै ठक्करबाट चेतबहादुर थापाको ज्यान गएको छ । "/>

सडकमा टिपर आतंक : महिना दिनमै ६ को ज्यान गयो

सडकमा टिपर आतंक : महिना दिनमै ६ को ज्यान गयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

जेठ ३० मा स्कुटरमा यात्रारत २४ वर्षीया अस्मिता भण्डारीलाई काठमाडौंको जडीबुटीचोकमा बा ४ ख ३५५० नम्बरको टिपरले किचेर मारेको घट्ना सेलाउन नपाउँदै शुक्रबार फेरि भक्तपुर सानोठिमीमा टिपरकै ठक्करबाट चेतबहादुर थापाको ज्यान गएको छ । पछिल्लो यो घटना सानोठिमी क्याम्पस अघि भएको हो ।

ठक्करबाट लडेका थापालाई टिपरले किचेर मारेको प्रत्यक्षदर्शी बताउँछन् । थापा चढेको बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई समान दिशाबाट गुडिरहेको बा २ क ३९३४ नम्बरको टिपरले ठक्कर दिएपछि किचेको थियो । सडकमा टिपरचालकको दादागिरी र लापरबाहीले अन्य सवारीचालक आतंकित बनेका छन् । पछिल्लो एक महिनामा काठमाडौं उपत्यकामा टिपरले किचेर थापा सहित ६ जनाको ज्यान गइसकेको छ ।

जेठ १५ गते काठमाडौंको ठूलो भ¥याङमा बा ५ ख ५०० नम्बरको टिपरले शंखर कोइरालाको ज्यान लिएको थियो । त्यसको ६ दिन अघि पनि भक्तपुरको साँगामा टिपरले तीनजनाको ज्यान लिएको थियो । जेठ ९ गते साँगाबाट जगातीतर्फ आउँदै गरेको टिपरले समान दिशामा गुडिरहेको स्कुटरलाई बा ३ ख ६६७४ नम्बरको टिपरले ठक्कर दिँदा हरि कटुवाल, सविता घिमिरे र अविन्द्र घिमिरेको ज्यान गएको थियो । एक महिनाको अवधिमा भएका यी सबै घट्ना हेर्दा टिपरचालकको लाहपरबाही देखिन्छ । चालू आर्थिक वार्षको हालसम्म उपत्यकामा मात्रै २० जनाले टिपरचालकको लापरबाहीका कारण ज्यान गुमाएका छन् । यी दुर्घटनाको प्रकृति अध्ययन गर्दा ८० प्रतिशत टिपरचालकको लापरबाहीले भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको विश्लेषण छ ।

‘पछिल्लो एक महिनामा मात्र टिपरचालकको लापरबाहीबाट उपत्यकामा ६ जनाको ज्यान गएको छ,’ महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनाली भन्छन्, ‘घाइते हुनेको संख्या झनै धेरै छ ।’ उनका अनुसार पछिल्लो एक महिनाको अवधिमा टिपरका कारण दुर्घटना भएर गम्भीर घाइते हुनेको संख्या १० जति पुगेको छ । जेठ २८ गते ललितपुर भैंसेपाटीबाट खोकनातर्फ गइरहेको बा २ ख ९३०१ नम्बरको टिपरले ठक्कर दिएर खिलबहादुर बुढाथोकी घाइते भए । जेठ २४ गते भैंसेपाटीमा बा ४ ख १५०४ नम्बरको टिपरको ठक्करबाट ज्ञानीकुमार भुसाल र १७ गते काठमाडौं कंलकीबाट थानकोटतर्फ जाँदै गरेको बा ४ ख ३३९६ नम्बरको टिपरको ठक्करबाट बा ८४ प ८०४९ नम्बरको स्कुटरचालक यमबहादुर ढुंगाना गम्भीर घाइते भए ।

महाशाखा तथ्यांक अनुसार चालू आवको ११ महिनामा उपत्यकामा एक हजार २६६ वटा टिपर र ट्रक दुर्घटना भएका छन् । यी समेत अन्य दुर्घटनामा परी उपत्यकामा ११ महिनामा एक सय ८४ जना गम्भीर र तीन हजार तीन सय ८५ जना सामान्य घाइते भएको महाशाखाका प्रवक्ता मैनाली बताउँछन् । यसरी बारम्बार भइरहने दुर्घटनामा चालकको लापरबाही मुख्य कारण देखिएको दाबी उनको छ । ‘अधिकांश टिपर दुर्घटनाको कारण चालकले बेप्रवाह तरिकाले हाँक्नु नै हो,’ उनले भने, ‘धेरै ट्रिप गरेर बढी कमाउन तीव्र गतिमा चलाउँछन् । यसै कारण टिपरले साना सवारीलाई ठक्कर दिने घटना भइरहेका छन् ।’ टिपर अन्य गाडीको तुलनामा बलियो हुने भएकाले चालकले सामान्य ठोक्किँदा आफूलाई असर पर्दैन भन्ने सोचले बेतोडले कुदाउने गरेको ट्राफिक प्रहरी बताउँछन् ।

मृतकका आफन्तलाई दिनुपर्ने क्षतिपूर्ति बिमा कम्पनी वा यायायात समितिले दिन्छन् । चालकलाई जेल सजायँ बाहेक आर्थिक भार पर्दैन् । सजायँ सम्बन्धी कडा कानुनको व्यवस्था नहुँदा चालक सजिलै उम्किन पाउँछन् । यसै कारण सवारीचालक अनुशासनहीन बन्दै जाँदा दुर्घटना बढेको यातायात क्षेत्रको विकृति विरुद्ध आबाज उठाउँदै आएका रामबहादुर थापा बताउँछन् । ‘चालकलाई कडा कारबाही नगर्दा दुर्घटना बढेका छन्,’ थापाले भने, ‘सडक दुर्घटना कम गर्न कडा दण्ड व्यवस्था हुनुपर्छ ।’ मनपरी गाडी चलाउनेको चालकको अनुमतिपत्र खारेजको व्यवस्था गर्न पनि उनी सुझाउँछन् ।

ललितपुरका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथु पनि दण्डसजायँको कमजोर अभ्यासले चालकमा लाहपरबाही बढेको बताउँछन् । ‘चालकलाई सचेत गराउने कानुन ल्याउनुपर्छ,’ उनले भने, ‘अहिलेको कानुनले चालकलाई सचेत र जिम्मेबार बनाउन सके जस्तो लाग्दैन् ।’ गल्ती गरे कठोर कारबाही हुन्छ भन्ने डर चालकमा भए मात्र उनीहरू होसियार हुन्छन् र दुर्घटना पनि घट्ने उनको बुझाइ छ ।
नागरिकबाट

Skip This
Skip This
Logo